दसैंपछि खुलेको नेप्सेमा ४४ अंकको वृद्धि
दसैंको विदापछि कारोबार सुरू भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४४.६२ अंकको वृद्धि आएको छ । कारोबार सुरू भएको समयदेखि बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्ममा उक्त अंकले बढेर बन्द भएको हो ।
यससँगै, नेप्से परिसूचक १८९८.३८ अंकमा पुगेर रोकिएको छ । यसक्रममा आज नेप्सेमा ८३ करोड रुपैयाँ बराबरको २५ लाख ३३ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै, आज सेन्सेटिभ समूहमा ८.७८ अंकको सुधार आउँदै ३७२.२१ अंक कायम भएको छ । सेयर बजार परिसूचकमा उल्लेख्य वृद्धि आएको दिन आज १३ वटै समूहमा वृद्धि देखिएको छ ।
जसमध्ये जीवन बीमा समूहमा १८७ अंकको सुधार आएको छ । यस्तै, निर्जीवन बीमा समूहमा १३५ अंकको सुधार आउँदा विकास बैंक समूहमा १४९.०२ अंकको सुधार आएको छ । यस्तै, उत्पादनमूलक समूहमा १२१ र लघुवित्त समूहमा ११२ अंकको सुधार आएको छ ।
यसैगरी, बैंक समूहमा २५, व्यापार समूहमा १७, होटल र टुरिजम समूहमा ४९, जलविद्युत समूहमा ५६, वित्त समूहमा ७०, अन्य समूहमा ३२, म्यूचुअल फण्ड समूहमा ०.०९ र लगानी समूहमा १.३८ अंकको सुधार देखिएको छ । यसक्रममा आज सप्तकोसी विकास बैंक र अप्पर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा ९ प्रतिशतभन्दा धेरैको वृद्धि आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण