सङ्खुवासभामा प्रतिनिधिसभा सदस्यका लागि १२ जनाको उम्मेदवारी
सङ्खुवासभामा आसन्न निर्वाचनका लागि प्रतिनिधिसभा सदस्यका लागि १२ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभा सदस्यका लागि एक निर्वाचन क्षेत्र रहेको सङ्खुवासभामा दुई स्वतन्त्र र १० दलको आइतबार उम्मेदवारी परेको छ ।
प्रतिनिधिसभा सदस्यका लागि सत्तारुढ गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसका दीपक खड्का, नेकपा (एमाले)का राजेन्द्रप्रसाद गौतम, , राष्ट्रिय स्वतन्त्र पार्टीबाट भक्तनारायण श्रेष्ठ, मङ्गोल नेशनल पार्टीबाट देवेन्द्रकुमार घले र राष्ट्रिय जनमुक्ति पार्टीबाट कृष्णकुमार राईले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट टीकाराम शाही, जनता समाजवादी पार्टीबाट दीपककुमार राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भोलामान कार्की, नेशनलिष्ट पिपल्स पार्टीबाट विनोद घिमिरे र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट राजकुमार लिम्बूले उम्मेदवारी दिएका छ । स्वतन्त्रतर्फ प्रवीन कार्की र तेन्जि भोटियाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत टेकनाथ गौतमले जानकारी दिए ।
प्रदेश सभा (क) मा एक स्वतन्त्रसहित आठ जनाको उम्मेदवारी परेको छ । प्रदेश सभा (क) मा प्रदेश सदस्यका लागि गठबन्धन दलका तर्फबाट नेकपा माओवादी केन्द्रबाट राजेन्द्र कार्की, नेकपा एमाले०बाट भविश्वर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट घामसिंह राई र जनता समाजवादी पार्टी नेपालबाट सीताराम तिम्सिनाले उम्मेदवारी दर्ता गराउनुभएको छन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रमोद श्रेष्ठ र नेशनलिष्ट पिपल्स पार्टीबाट मिनेशकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ । स्वतन्त्रमा वीरेन्द्रकुमार राईले मनोनयन दर्ता गराए ।
प्रदेशसभा (ख) तर्फ स्वतन्त्रसहित १० जनाको उम्मेदवारी परेको छ । गठबन्धन तर्फबाट नेकपा (एकीकृत समाजवादी)का सरिता थापा, एमालेको तर्फबाट बिदुरकुमार लिङ्थेप, मङ्गोल नेशनल पार्टीबाट माया गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट पदमबहादुर जोशीले उम्मेदवारी दर्ता गराए ।
त्यस्तै जनता समाजवादी पार्टीबाट पूर्ण शेर्पा, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट ङिमारिञ्जी शेर्पा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपालप्रसाद दाहालले उम्मेदावरी दर्ता गराउनुभएको छ । प्रदेशसभा (ख) तर्फ मानबहादुर कार्की र प्रेमबहादुर लिम्बूले स्वतन्त्र उम्मेदवारी दर्ता गराए । जिल्लामा एक लाख १६ हजार पाँच सय ५४ मतदाता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशमा आजबाट ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण