बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीका ५ निर्वाचन क्षेत्रमा ८६ जनाले दिए उम्मेदवारी

सोमबार, २४ असोज २०७९, ०८ : २७
सोमबार, २४ असोज २०७९

रुपन्देहीमा ५ प्रतिनिधि सदस्य लागि ८६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै १० प्रदेश सभा सदस्यको लागि ११२ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।

गृहमन्त्री बालकृष्ण खाणदेखि एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देहीबाट चुनावी मैदानमा उत्रिएका छन् । डा. निकलेश भुसालदेखि  घनश्याम  भुसालसम्म स्वतन्त्र उम्मेदवार बनेका छन् । एमाले परित्याग गरेका भुसाल गठबन्धनको समर्थनमा  उम्मेदवार  बनेका छन् ।

सबै भन्दा बढी उम्मेदवारी दर्ता क्षेत्र नम्बर ३ मा भएको छ  ।  जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अध्याय राज भण्डारीका अनुसार क्षेत्र १ मा प्रतिनिधिसभामा २० र प्रदेशसभामा २३ जनाको उम्मेदवारी परेको छ ।

प्रदेश क मा १०  र ख मा  १३  जनाले उम्मेदवारी दिएका छन् । ०७४ मा यो क्षेत्रबाट एमाले लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा ले जितेका थिए । यसपटक पनि एमालेबाट छविलालले उम्मेदवारी दर्ता गराएका छन् । यहाँ यसपटक एमाले परित्याग गरेका घनश्याम भुसाल सत्ता गठबन्धनको साथमा मैदानमा आएका छन्। 

रुपन्देही क्षेत्र नम्बर २ मा  प्रतिनिधिसभामा १६ जनाले उम्मेदवारी दिएका छन् भने प्रदेशमा २१  जनाको परेको छ ।  क प्रदेशमा ११  र ख प्रदेशमा १० जनाको उम्मेदवारी परेको छ ।  

लगातार तेस्रो पटक एमालेले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जितेको क्षेत्रमा अहिले स्वतन्त्रदेखि मगोलिय अगानाईजेस पार्टीसम्मले उम्मेदवार खडा गरेका छन् । क्षेत्र नम्बर ३ मा सङ्घमा  २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । गृहमन्त्री बालकृष्ण खाणदेखि एमालेको समर्थनमा राप्रपाका नेता दीपक   बोहरासम्मको   उम्मेदवारी परेको हो ।

यहाँ प्रदेश २४ जनाको उम्मेदवारी परेको छ । प्रदेशसभा क र  ख मा १२ - १२ जनाको उम्मेदवारी परेको हो । क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभातर्फ १३ जना र  प्रदेशतर्फ १८ जनाको उम्मेदवारी परेको छ ।

यस क्षेत्रमा नेपाली कांग्रेसका प्रमोद यादव,लोसपाका सर्वेन्द्रनाथ शुक्ला, जनमत पार्टीका सचिव भूपेन्द्र यादवसम्मको उम्मेदवारी  परेको छ । यस्तै प्रदेश क मा ६ र ख मा १२ गरी १८ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ । 

यस्तै रुपन्देहीको क्षेत्र ५ मा प्रतिनिधिसभातर्फ १५ जनाको उम्मेदवारी परेको छ भने प्रदेश सभातर्फ क र ख मा १३ - १३ जनाको उम्मेदवारी परेको छ । यहाँ लगातार  कांग्रेस  भरत शाहले जित्ने भएको  थिए । अहिले पनि शाह सँगै एमालेमा दुई जनाको उम्मेदवारी परेपछि यो क्षेत्रले थप  चर्चा पाएको छ । मालेका खिमलाल भट्टराई  र बासुदेव घिमिरे उम्मेदवारी परेपछि निर्वाचन आयोगले छानबिन गर्ने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप