मोरङमा कार र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु
सोमबार, २४ असोज २०७९, ११ : ३०
मोरङको सुन्दरहरैचा नरपालिका–८ मा हिजो बेलुकी कार र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार स्थानीय ४५ वर्षीय किरण बराइली रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो । मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ च ५२२० नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०२९ प ८१५४ नम्बरको मोटरसाइकल हिजो बेलुकी पौने ७ बजे ठोक्किएका थिए । कारसहित चालकलाई इलाका प्रहरी कार्यालय बिराट चोकले नियन्त्रणमा लिएको छ । –न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशमा आजबाट ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण