मोरङमा महिला उम्मेदवारको संख्या न्यून
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि मोरङमा महिला उम्मेदवारको सङ्ख्या न्यून रहेको छ । मोरङमा रहेको कूल छ वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका लागि आइतबार विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरी जम्मा एक सय आठ जनाको उम्मेदवारी कायम रहेको छ ।
उम्मेदवार मध्ये प्रतिनिधिसभा सदस्य पदका लागि राजनीतिक पार्टी र स्वतन्त्रबाट गरी जम्माजम्मी १२ जना महिलाको मात्र उम्मेदवारी परेको छ । प्रदेश निर्वाचन कार्यालय मोरङका अनुसार मोरङ निर्वाचन क्षेत्र नं. १ बाट राजनीतिक दल र स्वतन्त्रबाट १० पुरुष र पाँच जना महिला गरी कूल १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनमा उम्मेदवारी दर्ता गराउने पाँच महिलामा राष्ट्रिय जनमुक्ति पार्टीबाट बुद्धमाया लिम्बू र स्वतन्त्रबाट निलु लिम्बू, फूलकुमारी पण्डित राई, मनिसा सुवेदी र सुजता थापा छन् । जिल्लाका अन्य क्षेत्र भन्दा क्षेत्र नं. १ बाट सबैभन्दा बढी सङ्ख्यामा महिलाले उम्मेदवारी दिएका छन् ।
निर्वाचन क्षेत्र नं. २ बाट राजनीतिक दल र स्वतन्त्रबाट ११ पुरुष र दुई महिला गरी कूल १३ जनाले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका छन् । महिलामा चार दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सुजाता कोइराला र नेश्नलिष्ट पिपल्स पार्टीकी मिना कटुवाल बुढाथोकीले मात्र उम्मेदवारी दिएका छन् । निर्वाचन क्षेत्र नं. ३ बाट राजनीतिक दल र स्वतन्त्रबाट सबैभन्दा धेरै ३१ जनाले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउने ३१ जनामध्ये चार जना महिलाले उम्मेदवारी दिएका छन् ।
उम्मेदवारी दर्ता गराउने महिलामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रेखा थापा, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट चन्द्रिकादेवी लिम्बू र स्वतन्त्रबाट इन्दिरा थापा र चन्द्रकला खत्री छन् । निर्वाचन क्षेत्र नं. ४ बाट भने प्रतिनिधी सभाका लागि एकजना पनि महिला उम्मेदवार नरहेको निर्वाचन कार्यालयले जनाएको छ । यो निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवारी पत्र दर्ता गराउने कूल १७ सबै पुरूष छन् । निर्वाचन क्षेत्र नं. ५ बाट भने एक महिलाले मात्र प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएकी छन् । यस क्षेत्रबाट राजनीतिक पार्टी र स्वतन्त्र गरी कूल १६ उम्मेदवार रहेकोमा महिलामा सञ्जु शर्मा बडईले स्वतन्त्रबाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएकी छन् । निर्वाचन क्षेत्र नं. ६ मा राजनीतिक पार्टी र स्वतन्त्रबाट कूल १६ जनाले उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशमा आजबाट ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण