निर्वाचन कार्यतालिका : आज उम्मेदवारको नामावली प्रकाशन, भोलि निर्वाचन चिह्न प्रदान
मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका अनुसार आज उमेदवारको नामावली प्रकाशन गरिने भएको छ । निर्वाचन आयोगले आज साँझ ५ देखि ७ बजेसम्म उमेदवारको नामावली प्रकाशन गरिने जनाएको छ ।
भोलि विहान १० देखि १ बजेसम्म उमेदवारले नाम फिर्ता लिने दिन तोकिएको छ । बुधबार नै ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यतालिका छ ।
प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाहरूको उजुरीमाथि भने सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले छानबिन गर्ने जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मनोनयन उम्मेदवारी दिएकाहरूको उजुरीको छानबिन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले नै टुङ्गो लगाउने गरी आवश्यक व्यवस्था मिलाइएको बताए ।
आयोगले उम्मेदवारहरूमाथि परेको उजुरी पुष्टि हुने प्रमाण भेटिए उनीहरूको उम्मेदवारी स्वतः रद्द हुने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको चोङकिङमा पहिरोमा परी ८ जनाको मृत्यु, ३४ जना बेपत्ता
-
विश्वकपको फाइनलअघि फर्केर हेर्दा : यी हुन् उत्कृष्ट १० खेल
-
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
-
१०० रुपैयाँको राइड गर्दा सरकारलाई ६ रुपैयाँ कर
-
तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण
-
क्यानडाको डढेलो, अमेरिकामा धुवाँ : ट्रम्पद्वारा महसुल लगाउने धम्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण