प्रदेश १ का स्वास्थ्य मन्त्री यादव बर्खास्त हुँदै
मङ्गलबार, २५ असोज २०७९, १६ : ०४
प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादव बर्खास्तीमा पर्ने भएका छन् । नेकपा एमालेसँग गठबन्धन गरेर चुनावी अभियानमा होमिएका जसपाका मन्त्रीलाई बर्खास्त गर्ने सत्ता गठबन्धनको तयारी भएसँगै आजै उनलाई बर्खास्ती गर्ने तयारी भएको प्रदेश १ सत्ता पक्षका एक नेताले बताए ।
यादव २०७८ कार्तिक १६ गते बनेको राजेन्द्रकुमार राई नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्रीमा नियुक्त भएका थिए । यस्तै मन्त्रिपरिषद् पुनःगठन भएसँगै उनी पुनः २०७८ माघ २३ गते स्वास्थ्यमन्त्री बनेका थिए ।
यादवले केन्द्रले गरेको कुरामा आफू जानकार नभएको बताए । ‘केन्द्रमा कसरी के भइरहेको छ मलाई अहिलेसम्म जानकारी छैन,’ उनले भने । यादव मोरङ क्षेत्र नम्बर ५ (ख)बाट ०७४ सालको निर्वाचनमा विजयी भएका थिए भने आउँदो मंसिर ४ गतेका लागि पनि सोही क्षेत्रबाट उम्मेदवार बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशमा आजबाट ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण