बाँकेमा जिप दुर्घटना : चालकको मृत्यु, तीन जना घाइते
बुधबार, २६ असोज २०७९, १३ : ०२
बाँकेको राप्तीसोनारी गाँउपालिका–२ झुरीखोलामा आज जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिपमा सवार ३ जना यात्रु घाइते भएका छन । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ का ५५ बर्षीय कृष्ण प्रसाद खतिवडाको मृत्यु भएको हो ।
काठमाण्डौ आउदै गरेको बागमती प्रदेश ०१ ०२८ च ००४४ नम्बरको टाटासुमो जिप आज बिहान सवा ७ बजे अनियन्त्रित भएर पल्टिदा चालक सहित ४ जना घाइते भएका थिए । घाइतेहरुलाई उपचारको लागी मेडिकल कलेज कोहलपुर लगिएकोमा उपचारकै क्रममा चालकको भने बिहान ८ बजे मृत्यु भएको हो ।
घाइते भएका मध्ये वीरेन्द्रनगर नगरपालिका ७ का २२ वर्षीय शिशिर ज्ञवालीको अवस्था गम्भिर रहेको छ भने अन्य २ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
उरुग्वेको सनसनीपूर्ण पुनरागमन: केप भर्डेविरुद्ध पहिलो हाफमा २–१ को अग्रता
-
विश्वकपमा केप भर्डेको ऐतिहासिक पहिलो गोल
-
केप भर्डेका डिफेन्डर सिड्नी लोपेज काब्रालले अर्को खेल गुमाउने
-
स्पेनलाई रोकेर विश्वलाई चकित पारेको केप भर्डे आज उरुग्वेसँग भिड्दै
-
यान्त्रिक हलो अभावले किसानलाई धान रोप्न समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण