सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

‘अन्तरिक्षमा अड्किएका’ प्रेमीलाई धर्तीमा ल्याउन वृद्धाले पठाइन् ४० लाख

बुधबार, २६ असोज २०७९, १६ : १४
बुधबार, २६ असोज २०७९

जापानकी एक महिलाले ‘अन्तरिक्षमा अड्किएका रसियाली यात्री’ लाई धर्तीमा फिर्ता ल्याउन ४.४ मिलियन येन (३०,००० डलर) पठाएको खुलासा भएको छ । घटना के हो भने, ६५ वर्षकी जापानको सिघा प्रान्तकी वृद्धा रसियाली अन्तरिक्ष यात्री भनेर दाबी गर्ने एक व्यक्तिसँग प्रेम सम्बन्धमा पर्छिन् ।

जापानको मिडिया सञ्चार मिनिची र क्योदोका अनुसार इन्टरनेशनल स्पेस स्टेशनमा फसेका उनलाई धर्तीमा फिर्ता ल्याउनका लागि उनले ३० हजार डलर (करिब ४० लाख रुपैयाँ) पठाएकी छिन् । नाम नखुलाएकी महिला ती ‘अन्तरिक्ष यात्री’ सँग यसै वर्ष जुन महिनादेखि प्रेम सम्बन्धमा थिइन् । यी दुईको सोसल मिडियामा भेट भएको थियो ।

यी दुईबीच लाइन मेसेजिङ एपमार्फत् कुराकानी हुने गर्दथ्यो । ती व्यक्तिले आफ्नो प्रेम व्यक्त गर्दै उनीसँग विवाह गर्नका लागि जापानमै बसोबास गर्ने बचन पनि दिएका थिए । उनीहरुबीच एउटै मात्र समस्या थियो । ती व्यक्ति इन्टरनेशन स्पेस स्टेशन (आइएसएस) मा थिए र उनी धर्तीमा फिर्ता हुन सकिरहेका थिएनन् ।

कोही व्यक्तिले यस्तो कथा सुनेर पैसा पठाउँछ भनेर विश्वास गर्न गाह्रो छ तर सबैभन्दा थाहा छ – ‘प्रेम अन्धो हुन्छ ।’

आफ्नो कथा सुनाउँदै ती वृद्धाले भनिन्, ‘‘फसेका रसियाली अन्तरिक्ष यात्री’ ले आफूलाई रेकट र त्यसलाई ल्याण्ड गराउन पैसा चाहिन्छ भनेका थिए । सुरुमा मलाई उसको कुरामा विश्वास लाग्यो किनभने उनलाई नासा र जाक्सा (जापान एरोस्पेस एक्सप्लोरेशन एजेन्सी) बारे धेरै कुरा थाहा भएको जसरी कुरा गर्दथ्यो र उसको इन्स्टाग्राम अकाउन्टमा पनि आइएसएसका केही फोटो थिए ।’

ती वृद्धाले आफ्नो अनलाइन प्रेमीलाई पाँच पटक गरी जम्मा ३० हजार डलर पठाइन् तर थप पैसा मागिरहेकोले उनलाई शंका लाग्न थाल्यो । उनको कुरा सुनेर प्रहरी पनि चकित परे ।

रसियाली अन्तरिक्ष यात्री भन्ने व्यक्ति पक्राउ परे कि परेनन् भन्नेबारे जापानी सञ्चार माध्यमले खुलाएका छैनन् ।

अडिटी सेन्ट्रल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप