बाढी पीडितहरूको उपचार र पुनःस्थापना सरकारले गर्छ : मुख्यमन्त्री केसी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले अविरल वर्षातसँगै आएको बाढी पहिरोमा परी अङ्गभङग भएका र घरबारविहीन भएका पीडितहरूको उपचार र बसोबासको व्यवस्थापन सरकारले गर्ने बताएका छन् । दाङको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिकाको बाढी प्रभावित क्षेत्रको अवलोकन गर्दै मुख्यमन्त्री केसीले यस्तो बताएका हुन ।
अबिरल वर्षासँगै बाढी पहिरोका कारण प्रदेशका १२ जिल्ला नै प्रभावित भएका सरकारले आपतकालीन रुपमा यस्तो निर्णय गरेको उनले बताए । मुख्यमन्त्री केसीले तत्काल उद्धार तथा लगत संकलन गरी उपचार बन्दोबस्तसहित पीडितहरूको बसोबासको व्यवस्थापनका लागि स्थानीय सरकार र प्रशासनसँगको समन्वयमा काम गरिने बताए हुन ।
साथै मुख्यमन्त्री केसीले बाढी प्रभावित क्षेत्रहरुको अध्ययन अवलोकन गरी प्रदेशका १२ वटै जिल्लाका प्रतिवेदन पेश गर्न सम्वन्धीत जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको निर्देशन समेत दिइएको बताएको छन् । प्रदेश सरकारले बाढी प्रभावितहरुको व्यवस्थापनका लागि तत्काल पुनःस्थापनाको योजना तय गर्ने भएकाले प्रदेशका सबै जिल्लाहरुमा पत्राचार समेत गरिएको उनले बताए । बाढी प्रभावित क्षेत्रको प्रारम्भिक क्षेत्रको विवरण बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुनले मुख्यमन्त्री केसीलाई बुझाएका हुन् ।
यसैबीच बुधवार लुम्बिनी प्रदेशका अर्थमन्त्री कृष्णध्वज खड्कासहित दाङ निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य उम्मेदवार रेखा शर्मा र प्रदेशसभा उम्मेदवार राजु खनालसहितको टोलीले बंगलाचुली गाउँपालिकाका वडा नं. ३ र ४ बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण