मृत्यु भइसकेका १ सय ९९ जनालाई पुनः जिवित पार्न लिक्विङ नाइट्रोजनको सहारा
अमेरिकाको एरिजोनास्थित स्कट्सडेलमा केही मानिसका लागि समय र मृत्यु रोकिएको छ किनभने उनीहरुको शरीर र दिमागलाई तरल नाइट्रोजनमा राखिएको छ । भविष्यमा पुनः जिउँदो बनाउने उद्देश्य राखिएको छ । यो प्रोजेक्ट अलकोर लाइफ एक्सटेन्सन फाउन्डेसनले ल्याएको हो ।
अलकोर फाउन्डेशनका मुख्य कार्यकारी अधिकारी म्याक्स मोरले यो प्रोजेक्टको उद्देश्य अरु नै केही भएको बताएका छन् । उनले भने, ‘यो पुनः जिउँदो हुनका लागि मात्रै होइन । अहिले जुन रोगको उपचार छैन, त्यो रोगको उपचार गराउनका लागि आफूलाई भविष्यमा फिर्ता ल्याउनेछन् । १९९ जनामध्ये धेरैजसो यस्तो घातक रोगसँग जुधिरहेका छन् जसको आज उपचार सम्भव छैन । जस्तै ः क्यान्सर, एएलएस वा असाध्यै दुर्लभ रोग । यो भविष्यलाई हेर्दै गरिएको एउटा प्रयोग हो । यसको सफलताको सही अन्दाज त्यतिबेला लाग्नेछ जब यीमध्ये कुनै एक व्यक्तिलाई बाहिर निकालेर उपचार गरिनेछ । उनीहरुको रोगको उपचार हुनेछ । यस्तो गर्न सकियो भने यो एउटा ठूलो उपलब्धि हुनेछ ।’
१ सय ९९ जनाको सूचीमा सबैभन्दा सानी थाइल्याण्डकी बालिका छिन् । उनी ९ वर्षकी माथेरिन नाओवरतपान्ग हुन् । उनलाई ब्रेन क्यान्सर छ । उनका आमा–बुवा दुबै डाक्टर हुन् । माथेरिनको धेरैपटक शल्यक्रिया भइसकेको छ । तर केहीले काम गरेन । उनको मृत्यु भइसकेको छ । त्यसैले उनीहरुले अलकोर फाउन्डेसनसँग सम्पर्क गरे । यो सूचीमा बिटकोइनका विशेषज्ञ हाल फिनी पनि समावेश छन् । सन् २०१४ मा उनको मृत्यु एएलएस (स्नायु सम्बन्धि रोग) का कारण भएको थियो । त्यतिबेलादेखि उनको शरीर लिक्विड नाइट्रोजन ट्याङ्कमा सुरक्षित राखिएको छ । यो प्रक्रियालाई क्रायोप्रिजर्वेशन भनिन्छ ।
कहिले सुरु हुन्छ क्रायोप्रिजर्वेशनको प्रक्रिया ?
क्रायोप्रिजर्वेशनको प्रक्रिया मानिसलाई आधिकारिक र कानुनी रुपमा मृत घोषित गरेपछि सुरु हुन्छ । त्यसपछि मानिसको शरीरबाट रगत र अन्य तरल पदार्थ निकालिन्छ । उनलाई एक विशेष खालको रसायनबाट भरिन्छ ता कि शरीरभित्र बरफ र क्रिस्टल्स नबनोस् । त्यसपछि शरीरलाई निश्चित चिसो तापक्रममा लिक्विड नाइट्रोजनको ट्याङ्कमा राखिन्छ । अलकोर फाउन्डेशनको ग्राहकको शव एरिजोनाको स्कट्सडेलमा रहेको फ्यासिलिटीमा राखिएको छ ।
शरीर सुरक्षित राख्नका लागि तिर्नुपर्नेछ यति रकम
म्याक्स मोरका अनुसार अलकोर फाउन्डेशनका हालसम्म १४ सय जिउँदो सदस्य छन् । उनीहरुले भविष्यमा आफ्नो शरीरलाई सुरक्षित राख्नका लागि पैसा दिएका छन् । शरीरलाई ट्याङ्कमा राख्नका लागि कम्तीमा २ लाख डलर (२ करोड ६४ लाख रुपैयाँ) दिनु पर्नेछ । यदि तपाईंले आफ्नो दिमाग मात्रै सुरक्षित राख्नु छ भने तपाईंले ८० हजार डलर तिर्नुपर्नेछ ।
Time and death are 'on pause' for some people in Scottsdale, Arizona.
— Reuters Science News (@ReutersScience) October 12, 2022
Inside tanks filled with liquid nitrogen are the bodies and heads of 199 humans who opted to be cryopreserved in hopes of being revived in the future https://t.co/0ew56AqAqw 1/5 pic.twitter.com/oAFMkvgb7D
भविष्यमा आफ्ना नयाँ पुस्तालाई भेट्न सक्नेछन्
म्याक्स मोरकी श्रीमती नताशा विता मोरले यो भविष्यको यात्रा गर्ने एक तरिका बन्न सक्ने बताउँछिन् । भविष्यमा तपाईंको शरीरबाट रोग वा घाउ निकै सजिलै ठिक हुन सक्नेछन् । त्यतिबेलासम्म मानिसको नयाँ बडी क्लोनिङ भइसकेको हुनेछ । पूरा शरीर प्रोस्थेटिक भइसकेको हुनेछ । वा उनीहरुको शरीरलाई पुनः रिएनिमेट गर्न सकिनेछ । उनीहरु आफ्ना साथीहरु, अर्को पीढि र आफन्तलाई पुनः भेट्न सक्नेछन् ।
केही विशेषज्ञ सहमत छैनन् : भन्छन्, ‘यो गलत हो’
न्युयोर्क युनिभर्सिटीका ग्रसम्यान स्कुल अफ मेडिसिन विभागमा मेडिकल एथिक्स डिभिजनका प्रमुख आर्थर क्यापलेन यो प्रविधिसँग थुप्रै स्वास्थ्यकर्मी सहमत नभएको बताउँछन् । उनी भन्छन्, ‘शरीरलाई फ्रिज गर्ने कुरा खासै सही होइन । यो एउटा साइन्स फिक्सन जस्तो हो । भविष्यको प्रविधिको विषयमा केही गरिरहेका वा गर्ने प्रयासमा भएका मानिस मात्रै यसमा खुसी छन् । यस्तो गर्नका लागि उनीहरुले तपाईंसँग पैसा लिइरहेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीले रसुवागढी नाकामा भीडभाड
-
फिफा विश्वकप २०२६ : रङ्गशाला सफा गरेर जापानी समर्थकले जिते विश्वकै मन
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण