नेप्सेमा ४ अंकको सुधार, ८२ करोडको कारोबार
बिहीबार, २७ असोज २०७९, १५ : २५
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा ४ अंकको सुधार आएको छ । अघिल्लो दिन ११ अंकले बढ्दै १८६६ विन्दुमा अडिएको नेप्सेमा बिहीबार थप ४ अंकले बढ्दै १८७०.६३ विन्दुमा उक्लिएको हो ।
यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ०.९५ अंकले बढ्दै ३६७.१४ विन्दुमा उक्लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । ४ अंकले मात्र बढेको बजारमा आज कारोबार रकममा समेत अघिल्लो दिनको तुलनामा केही सुधार आएको छ ।
यस दिन ८२ करोड ९६ लाख ४६ हजार रुपैयाँ बराबरको २६ लाख ९८ हजार कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ । अघिल्लो दिन ११ अंकले बढेको बजारमा जम्मा ६९ करोड १७ लाख ३७ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको थियो । आज हाइड्रोपावर बाहेक अन्य सबै उपसूचक धनात्मक भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण