मावि स्थायी शिक्षकको अन्तर्वार्ताको नतिजा आउन सुरू
शिक्षक सेवा आयोगले माध्यमिक तहको स्थायी शिक्षकको अन्तर्वार्ताको नतिजा सार्वजनिक गर्न थालेको छ । माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको लागि लिइएको लिखित परीक्षाबाट अन्तर्वार्ताका छनोट भएका उम्मेदवारहरूको नतिजा सार्वजनिक गर्न थालेको हो ।
आयोगले २५ र २६ असोजमा बागमती प्रदेश र लुम्बिनी प्रदेश नेपाली विषयको अन्तर्वार्ता लिएको थियो । त्यसको नतिजा सार्वजनिक गरेको हो । त्यस्तै आयोगले बागमती प्रदेश र गण्डकी प्रदेश शुक्लयजुर्वेद र न्याय विषयको अन्तर्वार्ताको नतिजा समेत प्रकाशन गरेको छ ।
बागमती प्रदेश नेपाली विषय शिक्षकको महिला तर्फ ६ सिटका लागि विज्ञापन गरिएको थियो । जसमा अन्तर्वार्ताबाट ५ जना मात्र सिफारिस भएका छन् । त्यस्तै ४ सिटका लागि माग गरिएको आदिवासी जनजाति कोटातर्फ ३ जना मात्रै सिफारिस भएका छन् ।
अन्तर्वार्तामा सम्मिलित उम्मेदवारहरूले आफ्नो नतिजा र प्राप्ताङ्क आयोगको वेबसाइटमा गएर हेर्न सकिने आयोगले जनाएको छ । उक्त नतिजा प्रकाशन भएको मितिले ७ दिनसम्म मात्र हेर्न मिल्नेछ । गत वर्ष लिइएको विज्ञापनको लिखित परीक्षाको नतिजा भदौमा सार्वजनिक गरिएको थियो । माध्यमिक तह शिक्षक पदको नतिजापछि निमावि र प्रावि तहका शिक्षकको नतिजा प्रकाशन गर्ने आयोगको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय अयनोत्सव दिवस आजः सांस्कृतिक सम्पदा र शताब्दीयौँ पुराना परम्पराको एकताको प्रतीक
-
इक्वेडर र कुरासाओबिचको खेल पहिलो हाफमा गोलरहित बराबरी
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति र वरिष्ठ नेताले उद्घाटन गर्ने
-
कोशी प्रदेशमा भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?
-
पर्यटकीय गन्तव्य बन्दै इटहरीको तालतलैया
-
आज अन्तर्राष्ट्रिय योग दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण