शनिबारबाट काठमाडौंमा ‘कलिङ्ग साहित्यिक महोत्सव’ आयोजना हुने
२९ र ३० असोज काठमाडौंमा ‘कलिङ्ग साहित्यिक महोत्सव काठमाडौँ’ आयोजना हुने भएको छ । नेपाल र भारतका दर्जनौं कलाकार, रंगकर्मी, फिल्मकर्मीको सहभागिता रहने महोत्सव दुई दिन चल्नेछ ।
महोत्सव आयोजकले काठमाडौंमा एक कार्यक्रम गर्दै महोत्सवका विभिन्न पक्षबारे जानकारी दिएको छ । कार्यक्रममा महोत्सवमा कल्पनाका रश्मी रञ्जन परिडा, निर्देशक रञ्जना निरौला, निर्देशक देवाशीष समन्त्रये, वरिष्ठ कवि तुलसी दिवस, वरिष्ठ कवि दिनेश अधिकारी र वरिष्ठ आख्यानकार माया ठकुरीले महोत्सवको विषय र उद्देश्यको बारेमा जानकारी गराए ।
कार्यक्रममा वरिष्ठ कवि तुलसी दिवसले आफूले गर्ने सोच हुँदाहुँदै गर्न नसकेको महोत्सव अहिले आयोजना हुन लागेको बताए । कवि दिनेश अधिकारीले महोत्सव कवि, कलाकार साहित्यकारको जमघट र मन्थन हुने अवसरको रूपमा लिएको बताए । ‘भारत र नेपाल सभ्यताको यात्रा र आत्माको खोजी’ मूल उद्घोषकासाथ आयोजना हुने साहित्यिक महोत्सवमा दुई देशका दुई सयभन्दा बढी साहित्यकारको सहभागी हुने आयोजकले जनाएको हो ।
नेपाल र भारतका साहित्यकारले महोत्सवमा विभिन्न प्रस्तुति राख्ने आयोजकले जनाएको छ । साहित्यिक महोत्सवले नेपाल र भारतका साहित्यकारबीचको सम्बन्ध स्थापित गर्न नयाँ आयाम थपिने आयोजकको तर्फबाट रञ्जना निरौलाले जानकारी दिइन् । महोत्सवले नेपाल र भारतको साहित्यिक ऐतिहासिक सम्बन्ध र दुई देशबीचको सभ्यताको सम्बन्धलाई सुमधुर बनाउने तथा कला, संस्कृति र साहित्यको प्रवर्धन र विश्वव्यापीकरणमा सहयोग पुग्ने आयोजकको विश्वास छ ।
कार्यक्रममा ७० प्रतिशत वक्ता नेपाल र बाँकी भारतबाट हुनेछन् । नेपाली कला, साहित्य र संस्कृतिमा केन्द्रित रहेको यस महोत्सवमा भारतबाट आएका व्योमेश शुक्लाको ‘राम की शक्तिपूजा’ थिएटर ‘काशी’मा प्रस्तुति रहने छ भने चर्चित बलिउड गायक, अभिनेता पियुष मिश्र, बलिउडका चर्चित संगीतकार राज शेखर र चर्चित कलाकारले प्रस्तुति दिनेछन्। महोत्सवमा दिनेश अधिकारी, युवराज घिमिरे, अनुप बराल, दिपेन्द्र के खनाल, लक्ष्मी बर्देवा, सुजित बिडारी, नयनराज पाण्डे, महेष विक्रम शाह, श्रवण मुकारुम, अशेष मल्ल, मञ्जु कञ्चुली, तिवारी, तीर्थ श्रेष्ठ, रमेश क्षितिज, कनकमणी दीक्षित, अर्चना थापा, गणेश पौडेल, भागीरथी श्रेष्ठ लगायतको सहभागिता रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
-
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो टिभिएस रोनिनको दुई नयाँ भेरियन्ट, यस्ता छन् विशेषता र मूल्य
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण