खानीमा फेला परेको झण्डै अढाई सय वर्ष पुरानो जिन्स ८७ हजार डलरमा बिक्यो
सन् १८८० को दशकको एक लिभाइस् जिन्स न्यू मेक्सिकोको सानो सहरमा लिलामीमा राख्दा ८७ हजार डलरमा बिक्री भएको छ । यो जिन्सको पाइन्ट आफूलाई ‘डेनिम पुरातत्त्वविद्’ भन्ने एक व्यक्तिले प्रयोगविहीन खानीमा फेला परेका थिए । र यसलाई २३ वर्षका काइल हाउटनर र जिप स्टीभेन्सनले किनेका छन् ।
स्टीभेन्सनले ‘लिलामी सुरु नभएसम्म जिन्स संयुक्त रूपमा किन्नेबारे कुनै योजना नरहेको’ बताउँदै अहिले फर्किएर हेर्दा रमाइलो लाग्ने बताए । जिन्सलाई परेको ८७ह जार ४०० डलरमध्ये ९० प्रतिशत हाउटनर र बाँकी १० प्रतिशत स्टीभेन्सनले किनेका थिए । यस जोडीले सम्भवतः हालसम्मकै धेरैमध्ये एक मूल्यमा उक्त जिन्स किनेका छन् ।
स्टीभेन्सनले लगभग तीन दशकदेखि लस एन्जलसिमा डेनिम मर्मत गर्ने पसल चलाइरहेका छन् र यत्रो अवधिमा उनले लिलामीमा खरिद गरेजस्तो जिन्स किन्न सकेका थिएनन् । ‘यी जिन्स अत्यन्त दुर्लभ हो । त्यसमाथि यति पुरानो भएर पनि यो अझै उत्कृष्ट अवस्था र आकारमै रहेको छ,’ स्टिभेन्सनले भने ।
स्टीभेन्सनले पाँच वर्षअघि अमेरिकाको पश्चिममा माइकल ह्यारिसले पत्ता लगाएकै समयमा यस जिन्सबारे सुनेका थिए । ह्यारिसले पाँच वर्षसम्म झण्डै ५० परित्यक्त खानीहरूमा पुराना जिन्स खोजेका थिए । तर धेरैमा उनले गुणस्तरीय जिन्स फेला पार्न सकेनन् । यस्ता केही जिन्समात्र अस्तित्वमा छन् र तीमध्ये अधिकांश सङ्ग्रहालयहरूमा राखिएका छन् ।
तर लिलामीमा बेचिएको जिन्स भने ‘आश्चर्यजनक रूपमा टिकाऊ छ, त्यसलाई लगाउने मिल्ने’ टीभेन्सनले भने । ‘जिन्समा केही नरम दागहरू छन् जसलाई केही मर्मत गरेमा यो एकदमै राम्रो जिन्स हुन् ,’ स्टिभन्सले भने ।
अब यी जिन्सलाई के गर्ने योजनामा छन् त दुई जोडी ? ‘हामी यसलाई अत्यन्त चासो राख्ने निजी खरिददारलाई बिक्रीको लागि प्रस्ताव गर्ने विचार गर्नेछौँ,’ स्टिभेन्सनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दिपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण