प्रतिनिधिसभा तथा प्रदेशसभा प्रत्यक्ष तर्फको मतपत्र छपाई सुरु
शुक्रबार, २८ असोज २०७९, १७ : २३
आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्ष तर्फको मतपत्र छपाइको काम सुरु भएको छ । भक्तपुरको सानोठिमी स्थित जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा नेपाली सेनाको सुरक्षा घेराका बीच मतपत्र छपाई सुरु गरिएको हो ।
आगामी निर्वाचनका लागि ५०३ प्रकारको मतपत्र छपाई भइरहेको आयोगका सहप्रवक्ता ऋषिराम भुसालले रातोपाटीलाई जानकारी दिए । निर्वाचन क्षेत्रगत रुपमा छपाई गर्नुपर्ने भएकोले मतपत्रको प्रकार बढेको हो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४९५ प्रकारको मतपत्र, प्रदेश सभातर्फ फरक–फरक ७ प्रकारको मतपत्र छपाई भइरहेको छ । यस्तै समानुपातिक तर्फ ८ प्रकारको मतपत्र छपाई गरिएको उनले बताए ।
प्रत्यक्ष तर्फको मतपत्र झन्डै १ महिनाभित्र प्रकाशन गरिसक्ने आयोगको तयारी छ । आयोगले समानुपातिक प्रणाली तर्फको झन्डै २ करोड हाराहारीको मतपत्र छपाई गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण