साताको सेयर बजार– परिसूचक १७ अंक बढ्यो, कारोबार रकम पनि सुधारियो
यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७ अंकले बढेर बन्द भएको छ । गतसाता १८ सय ५३ अंकमा बन्द भएको नेप्से यो साता ०.९१ प्रतिशतले बढेर १८ सय ७० अंकमा पुगेर बन्द भएको हो । नेप्से बढेसँगै बजार पूँजीकरण समेत बढेर २६ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ ।
यो साता ५ दिन नेप्से कारोबार भएको थियो । जसमध्ये आइतबार ८३ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । यस्तै, सोमबार ९७ करोड रुपैयाँको सेयर किनबेच हुँदा मंगलबार ५५ करोड र बुधबार ६९ करोडको तथा विहीबार ८२ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।
५ कारोबार दिनमध्ये सोमबार र मंगलबार भने बजार ओरालो लागेको थियो । लगानीकर्ताले नाफा बुक गर्दा ती दुई कारोबार दिनमा भने सेयर बजार ओरालो लागेको हो । यसबाहेक अन्य ३ कारोबार दिनमा नेप्से परिसूचक उच्च अंकले बढेको थियो ।
यो साता व्यापार समूह बाहेक सबै समूह बढेका छन् । यो समूहमा ०.२६ अंकको गिरावट आएको छ । यसबाहेक, वित्त समूहमा ४.९६ प्रतिशतको सुधार आएको छ । यस्तै, विकास बैंक समूहमा ३.५५ प्रतिशत र लघुवित्त समूहमा १.०३ प्रतिशत सुधार आएको छ ।
यसैगरी, यो साता अभियान लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ । साताभरमा यो कम्पनीको सेयर मूल्य ५२.२५ प्रतिशतले बढेको छ । यसैगरी, गोर्खाज फाइनान्सको सेयर मूल्य ९.९२ प्रतिशतले बढेको छ भने ग्लोबल आईएमई ब्यालेन्स फण्ड–१ को सेयर मूल्य सबैभन्दा धेरैले घटेको छ ।
यो साता उक्त कम्पनीको सेयर मूल्यमा ७.१३ प्रतिशतले गिरावट आएको छ । यस्तै, अपर सोलु हाइड्रोको सेयर मूल्यमा ६.३२ प्रतिशतले गिरावट आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण