बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

साताको सेयर बजार– परिसूचक १७ अंक बढ्यो, कारोबार रकम पनि सुधारियो

शनिबार, २९ असोज २०७९, १२ : ४८
शनिबार, २९ असोज २०७९

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७ अंकले बढेर बन्द भएको छ । गतसाता १८ सय ५३ अंकमा बन्द भएको नेप्से यो साता ०.९१ प्रतिशतले बढेर १८ सय ७० अंकमा पुगेर बन्द भएको हो । नेप्से बढेसँगै बजार पूँजीकरण समेत बढेर २६ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ ।

यो साता ५ दिन नेप्से कारोबार भएको थियो । जसमध्ये आइतबार ८३ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । यस्तै, सोमबार ९७ करोड रुपैयाँको सेयर किनबेच हुँदा मंगलबार ५५ करोड र बुधबार ६९ करोडको तथा विहीबार ८२ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।

५ कारोबार दिनमध्ये सोमबार र मंगलबार भने बजार ओरालो लागेको थियो । लगानीकर्ताले नाफा बुक गर्दा ती दुई कारोबार दिनमा भने सेयर बजार ओरालो लागेको हो । यसबाहेक अन्य ३ कारोबार दिनमा नेप्से परिसूचक उच्च अंकले बढेको थियो ।

यो साता व्यापार समूह बाहेक सबै समूह बढेका छन् । यो समूहमा ०.२६ अंकको गिरावट आएको छ । यसबाहेक, वित्त समूहमा ४.९६ प्रतिशतको सुधार आएको छ । यस्तै, विकास बैंक समूहमा ३.५५ प्रतिशत र लघुवित्त समूहमा १.०३ प्रतिशत सुधार आएको छ ।

यसैगरी, यो साता अभियान लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ । साताभरमा यो कम्पनीको सेयर मूल्य ५२.२५ प्रतिशतले बढेको छ । यसैगरी, गोर्खाज फाइनान्सको सेयर मूल्य ९.९२ प्रतिशतले बढेको छ भने ग्लोबल आईएमई ब्यालेन्स फण्ड–१ को सेयर मूल्य सबैभन्दा धेरैले घटेको छ ।

यो साता उक्त कम्पनीको सेयर मूल्यमा ७.१३ प्रतिशतले गिरावट आएको छ । यस्तै, अपर सोलु हाइड्रोको सेयर मूल्यमा ६.३२ प्रतिशतले गिरावट आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप