शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

शताब्दी पुरुषको निधनमा दुःख व्यक्त गर्दै प्रचण्डले भने, उहाँको योगदान र क्रियाशीलताको सदा उच्च सम्मान रहनेछ

आइतबार, ३० असोज २०७९, ०९ : ५५
आइतबार, ३० असोज २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। 

प्रचण्डले एक विज्ञप्ति जारी गर्दै लेखेका छन् -'नेपाली भाषा, साहित्य र संस्कृतिका धरोहर ‘शताब्दी पुरुष’ जोशीको आज बिहान १०३ वर्षको उमेरमा दुःखद् निधन भएको खबरले हामी सबै नेपालीलाई स्तब्ध बनाएको छ । उहाँको निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।'

नेपाली कला, साहित्य र भाषा संस्कृतिलाई नेपाल र विश्वभर चिनाई स्थापित गर्न उनले गरेको  योगदान सम्पूर्ण नेपालीका लागि चिर स्मरणीय रहने प्रचण्डको भनाइ छ । उनको सामाजिक क्रियाशीलता विश्वभरिका मानव समुदायलाई उत्प्रेरणाको श्रोत बनेर रहने प्रचण्डको विश्वास रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप