राष्ट्रले एक युग पुरुषलाई गुमायो : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको निधनबाट राष्ट्रले एक युग पुरुषलाई गुमाएको बताएका छन् । प्रधानमन्त्री देउवाले जोशीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना गरेका छन् ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले भनेका छन्, ‘शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको निधनको खबरले मलाई अत्यन्तै दुःखित र स्तब्ध बनाएको छ । भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा उहाँले पुर्याउनु भएको अतुलनीय योगदान नेपाल र नेपाली जनताले सदैव सम्झिरहनेछन् । उहाँको निधनबाट राष्ट्रले एक युग पुरुषलाई गुमाएको छ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।’
१०३ वर्षीय सत्यमोहन जोशीको आइतबार बिहान उपचारका क्रममा किष्ट मेडिकल कलेजमा निधन भएको थियो । उनको निधनप्रति नेपाली कांग्रेसले पनि दुःख व्यक्त गरेको छ । पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्वर्गीय जोशी संस्कृतिविद्, लेखक र कुशल अनुसन्धानकर्ता हुनुहुन्थ्यो । नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, सम्वर्द्धन र विकासमा उहाँले महत्त्वपूर्ण योगदान पुर्याउनु भएको थियो । साहित्यको क्षेत्रमा अतुलनीय योगदान पुर्याए वापत तीन पटक सम्म मदन पुरस्कार पाउने नेपालको एक मात्र व्यक्तित्व जोशी प्राचीन र मध्यकालीन नेपालका थुप्रै ऐतिहासिक सामाग्री संरक्षणका लागि जीवनपर्यन्त अनवरत क्रियाशील रहनुभयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण