सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

महिलाको आँखाबाट निकालियो २३ वटा कन्ट्याक्ट लेन्स (भिडियो)

आइतबार, ३० असोज २०७९, १४ : ३१
आइतबार, ३० असोज २०७९

कन्ट्याक्ट लेन्सलाई चस्माको तुलनामा बढी सुविधाजनक मानिन्छ । विशेषज्ञका अनुसार चस्माको तुलनामा कन्ट्याक्ट लेन्समा मौसमको कम असर पर्छ, त्यसमा चस्माजस्तो बाफको समस्या हुँदैन ।

बजारमा विभिन्न खालका कन्ट्याक्ट लेन्स पाइन्छ । केही मानिस शौखका लागि कलर्ड कन्ट्याक्ट लेन्स लगाउँछन् भने कोही पावर भएका । हालै एउटा अचम्मको घटना घटित भएको छ जसमा एक महिलाको आँखाबाट २३ वटा कन्ट्याक्ट लेन्स निकालिएको छ । ती महिलाले आफ्नो कन्ट्याक्ट लेन्स निकाल्न बिर्सिएका कारण आँखा भित्रै नै यो थुप्रिएर बसेको थियो ।

आँखा देख्न छोडेकी थिइन्

वास्तवमा एक महिलाले आँखा देख्न छोडेकी थिइन् र उनलाई असाध्यै दुखिरहेको पनि थियो । समस्या बढ्दै गएपछि उनी डाक्टरलाई भेट्न गइन् र उनले आफ्नो समस्या बताइन् । डाक्टरले आँखामा लेन्सको टुक्रा अड्किएको हो कि, आँखाको नानी कोरिएको हो कि, संक्रमण भएको हो कि वा मेकअपको सामान फसेको हो कि भनेर अनुमान गरिन् । तर जब उनले ती महिलाको आँखा परीक्षण गरिन् तब उनले तुरुन्त अस्पतालका कर्मचारीलाई बोलाएर एउटा भिडियो बनाइदिन आग्रह गरिन् किनभने उनलाई लागेको थियो कि यसको भिडियो नबनाए भनेको भरमा कसैले पनि यो घटनामाथि विश्वास गर्ने थिएनन् ।

क्यालिफोर्नियाकी डा. कतेरिना कुर्तिवाले जुन भिडियो बनाएकी थिइन् त्यो भाइरल भयो । महिलाले बताए अनुसार उनले पछिल्लो ३० वर्षदेखि कन्ट्याक्ट लेन्स लगाइरहेको र केही समयदेखि उनले सुत्नु अघि कन्ट्याक्ट लेन्स निकाल्न बिर्सिन थालेकी थिइन् ।

जीवनको पहिलो घटना

डा. कतेरिना कुर्तिवाले एक अन्तरवार्तामा भनिन्, ‘बिरामीको आँखाबाट मैले २३ वटा कन्ट्याक्ट लेन्स निकालेँ । यो मेरा लागि निकै नयाँ घटना थियो । तर बिरामीको आँखाको ज्योतिसमेत गुम्न सक्थ्यो । जब कसैले राती कन्ट्याक्ट लेन्स निकाल्न बिर्सन्छ भने उसलाई बिहान लेन्स लगाए नलगाएको यकिन हुँदैन । एक महिलाले लगातार २३ दिनसम्म लेन्स निकाल्न बिर्सिइन् र सधैँ बिहान उठेर नयाँ लेन्स लगाइरहिन् ।’

निकै खतरनाक थियो घटना

डा. कतेरिना कुर्तिवाका अनुसार ती महिला निकै भाग्यमानी थिइन् जसको आँखामा कुनै क्षती भएन । यस्तो अवस्थामा उनको आँखाको ज्योति पनि गुम्न सक्थ्यो । यदि उनलाई लेन्स आँखामा फसेको छ भन्ने महसुस नभएको भने यसले नानीमा कोर्न सक्थ्यो र आँखामा संक्रमण पनि हुन सक्थ्यो । मैले महिलालाई पुनः कन्ट्याक्ट लेन्स नलगाउन र आँखालाई आराम दिन आग्रह गरेकी छु ।’

यद्यपि, उनले २३ वटा कन्ट्याक्ट लेन्स हटाउन कसरी बिर्सिइन् भनेर आफूसँग स्पष्ट जानकारी नभएको उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप