साताको पहिलो दिन घट्यो सेयर बजार, कारोबार रकम ८० करोडमा सिमित
आज साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.६९ अंकले घटेको छ । कारोबार सुरू भएदेखि नै घट्न थालेको नेप्से परिसूचक ०.५२ प्रतिशतले घट्दै १८६० अंकमा आएर रोकिएको हो ।
यसक्रममा आज ८० करोड ३५ लाख रुपैयाँ बराबरको २५ लाख ७४ हजार कित्ता सेयर किनबेच भएको छ । यसका लागि आज २२१ कम्पनीको सेयर १६ हजारभन्दा बढी पटक खरिदबिक्री भएको जनाइएको छ । यस्तै, आज सेन्सेटिभ समूहको सूचक १.७२ अंकले घट्दै ३६५.४२ अंकमा आइपुगेको छ ।
सेयर बजार घटेको दिन आज बैंकिङ र उत्पादनमूलक समूहमा सुधार आएको छ । बैंकिङ समूहमा ३.२५ अंकको सुधार आउँदा उत्पादनमूलक समूहमा १३ अंकको सुधार आएको छ । यी दुई बाहेक अन्य सबै समूहमा गिरावट आएको छ । आज जीवन बीमा समूहमा ७६ अंकको गिरावट आएको छ ।
यस्तै, विकास बैंक समूहको सूचक ६० अंकले घट्दा निर्जीवन बीमा समूहको सूचक ५६ अंकले घटेको छ । लघुवित्त समूहको सूचक ३५ अंकले घट्दा वित्त समूहमा २८ अंकको गिरावट आएको छ । यस्तै, व्यापार समूह समेत २३ अंकले घटेको छ ।
सेयर बजार घटेपनि आज अभियान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरैले बढेको छ । आज यस कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । एकै दिन प्रतिकित्ता ६६ रुपैयाँले मूल्य बढेसँगै कम्पनीको सेयर मूल्य ७३४ रुपैयाँ पुगेको छ ।
यस्तै, पिपुल्स पावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घटेको छ । आज यो कम्पनीको सेयर मूल्य २८ रुपैयाँले घट्दै प्रतिकित्ता २५५ रुपैयाँमा आइपुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण