झुपडीमा पुगेर विनोद चौधरीको कविता : पिएको पानीको मूल्य चुकाउनु छ !
काठमाडौँ । अर्बपति व्यवसायी तथा सत्ता गठबन्धनका तर्फबाट नवलपरासी पश्चिम–१ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका विनोद चौधरी यतिबेला चुनावी प्रचारप्रसारमा व्यस्त छन् । उनले श्रमजीवीको झुपडीमा पुगेको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
यसअघि प्राय टाइसुटमा सजिएर चिल्ला गाडीमा देखिने चौधरीले पोष्ट गरेको पछिल्लो तस्बिरमा चौधरीका नजिक ५ जना सर्वसाधारण देखिन्छन् । काठले बनेको सानो झुपडीको छेवैमा बसेर उनले सर्वसाधारणसँग कुरा गरिरहेको तस्बिरले देखाउँछ । उक्त तस्बिरसँगै चौधरीले कवितात्मक शैलीमा मेहनत र लगनशीलता र परिश्रमले आफ्नो उद्देश्य र लक्ष्य प्राप्त गर्न सफल भएको भन्दै सबै जनतालाई आफूजस्तै अर्बपति बनाउने आफ्नो लक्ष्य रहेको बताएका छन् । साथै उनले जनताको सुखदुखमा हातेमालो गर्दै, भोलि उदाउने घामका नौला किरण धर्तीमा ठोकिनु अघि नै देशको मुहार फेर्नु आफ्नो जिम्मेवारी रहेको जनाएका छन् ।
यस्तो छ चौधरीको कविता
जिन्दगीको..
कालखण्डमा मैले देखेका भोगेका र हासिल गरेका
उपलब्धिहरू सजिला थिएनन् !
दिन रातको मेहनत , लगनशीलता र परिश्रमले गर्दा नै आफ्नो उद्देश्य र लक्ष्य प्राप्त गरे !
जुन देशको पानी पिएँ
जुन देशको माटोमा टेकेर म उभिएँ
जुन देशको शीतल हावा पिएर म बाचेँ
आज म त्यहीँ देशको ऋणी बन्न पुगेको छु,
पिएको पानीको मूल्य चुकाउनु छ !
टेकेको माटोमा समृद्धिको मूल फुटाउनु छ!
विकास र समृद्धिको बतास देश भर बहाउनु छ,
आज म जुन धरातलमा उभिएको छु
उहीँ धरातलमा आफ्ना जनतालाई सँगै उभाउनु छ !
जनताको सुख दुखमा हातेमालो गर्दै
भोलि उदाउने घामका नौला किरण धर्तीमा
ठोकिनु अघि नै देशको मुहार फेर्नु छ !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण