आफ्नै चरमोत्कर्षसँग एलर्जी
२७ वर्षका एक व्यक्तिलाई ‘हालसम्मकै अभागी जीवित व्यक्ति’ को संज्ञा दिइएको छ । उनलाई यस्तो नाम यसकारण दिइएको छ किनभने उनलाई आफ्नो चरमोत्कर्षसँग एलर्जी छ । उनी जबजब चरमोत्कर्षमा पुग्छन् उनले फ्लूजस्तो लक्षणहरु अनुभव गर्छन् ।
यी अज्ञात व्यक्तिको यस्तो समस्या हालै मेडिकल जर्नल युरोलोजी केस रिपोर्टस् प्रस्तुत गरिएको थियो । यहाँका डाक्टरको टोलीले एन्टिहिस्टामिन नामको उनको अवस्थालाई सफलतापूर्वक उपचार गरेका छन् । वैज्ञानिकले यी व्यक्तिको यो दुर्लभ रोगलाई एलर्जी वा अटोइम्युन वा आफ्नै शुक्रकिटको प्रतिक्रियाको रुपमा वर्णन गरे । यो अचम्मको रोगले ती व्यक्तिमा फ्लूजस्तो लक्षण जस्तै ज्वरो आउने, खोकी लाग्ने, हाच्छिउँ आउने, मांसपेशी कमजोर हुनुका साथै उनको एकाग्रता, स्मरणशक्ति र बोलीमा समेत समस्या निम्त्यायो । आफ्नै चरमोत्कर्ष सम्बन्धित यी लक्षणहरुका कारण ती व्यक्तिले लामो समयदेखि प्रेमिकासँग सहबास पनि गर्न सकिरहेका थिएनन् ।
अडिटी सेन्ट्रलका अनुसार यस्तो रोगबारे सुन्दा जति नै अचम्म लागेपनि यो पहिलो केस भने होइन । वैज्ञानिकले यस्ता ६० जना रोगीबारे पत्ता लगाएका छन् । यो रोगलाई पोस्ट ओर्गाजम इलनेस सिन्ड्रोम (पिओआईएस) नाम दिइएको छ । यो रोग धेरै दुर्लभ भएकोले यो के हो भनेर धेरैले थाहा नै पाउँदैनन् ।
‘यसबारे थुप्रै स्वास्थ्यकर्मीलाई समेत थाहा हुँदैन,’ डा. एन्ड्रिउ स्यानहोत्जरले भने । एन्ड्रिउ, ओकल्याण्ड युनिभर्सिटी बिउमोन्ट स्कुल अफ मेडिसिनसँग सम्बन्धित छन् र उनी यो शोधका सह–लेखक पनि हुन् । ‘कतिलाई यस्तो समस्या भइरहेको हुनसक्ला तर यो रोगबारे धेरैलाई थाहा नै छैन ।’
एन्ड्रिउले यो रोग को सही कारण अज्ञात भएको बताएका छन् तर यो संक्रमण वा अण्डकोषमा चोट लागेपछि रक्तप्रवाहमा शुक्राणु चुहिने भएकोले प्रतिरक्षा प्रतिक्रियालाई उत्तेजित गर्ने विश्वास गरिएको छ ।
‘सेर्टोली कोशिका भनिने यस्ता विशेष कोशिका हुन्छन् जसले शुक्रकिटलाई घेर्ने गर्छ र यसलाई प्रतिरक्षा सेल्सबाट अलग राख्छ,’ अनुसन्धानकर्ताले बताएका छन् । ‘जब सर्टोली कोशिका क्षतीग्रस्त हुन्छन्, शुक्रकिट सबैभन्दा पहिला प्रतिरक्षा प्रणालीको सम्पर्कमा आउँछ र प्रतिरक्षा प्रणालीले शुक्रकिटलाई भाइरस वा विदेशी ब्याक्टेरियलाई झैँ आक्रमण गर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दिपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण