इन्टरपोलको महासभामा भाग लिन आईजीपी सिंह भारत प्रस्थान
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह इन्टरपोलको ९० औं महासभामा भाग लिन भारत प्रस्थान गरेका छन् । महासभा भारतको नयाँ दिल्लीमा २०७९ कात्तिक १ देखी ४ गतेसम्म संचालन हुँदै छ । आईजीपी सिंह सोमबार भारत प्रस्थान गरेका हुन् ।
नेशनल सेन्ट्रल ब्यूरो (एनसिबि) काठमाडौंका प्रमुख समेत रहेका सिंहसँगै डिआईजी उमेश राज जोशी, प्रहरी उपरीक्षक अनुपम शमशेर जवरा, इन्स्पेक्टर यम कुमार श्रेष्ठ र सशस्त्र प्रहरी बलको तर्फबाट समेत ५ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेका छन् ।
आईजीपी सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा, उत्तमराज सुवेदी, दिवेश लोहनी र रबिन्द्र बहादुर धानुकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाई गरेका छन् । १ सय ९५ इन्टरपोल सदस्य राष्ट्रका प्रहरी प्रमुख तथा प्रतिनिधि सहभागी हुने महासभामा सदस्य राष्ट्रहरुको वार्षिक प्रतिवेदन पेश हुनेछ । महासभामा कार्यकारिणी समितिका विभिन्न पदाधिकारीहरूको निर्वाचन हुन्छ । महासभामा सदस्य राष्ट्रहरूबीच अन्तर्राष्ट्रिय प्रहरी समन्वय, प्रतिआतङ्कवाद, आर्थिक अपराध, संगठित अपराध जस्ता विषयहरुमा छलफल हुनेछ ।
प्रहरी महानिरीक्षक सिंहको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण