उपचुनावमा इमरान खानको कीर्तिमानी जित

पाकिस्तानमा आइतबार राष्ट्रियसभाका आठ र प्रान्तीय सभाका लागि तीन सिटका लागि उपनिर्वाचन भएको थियो । यसमध्ये राष्ट्रिय सभाको उपचुनावमा इमरान खानको पार्टीले ८ मध्ये ६ सिट जितेको छ भने पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले २ सिट मात्र जितेको छ । पञ्जाबका तीन प्रान्तीय सिटमध्ये पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) ले दुई र मुस्लिम लिग–नूनले एउटा सिट जितेको छ ।
पीटीआईका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीले नेशनल राष्ट्रियसभाका आठ सिटमध्ये सात सिटका लागि उम्मेदवारी दिएको थियो । शाह महमूद कुरैशीकी छोरी मेहर बानो कुरैशीले मुल्तान सिटबाट चुनाव लडेकी थिइन् तर उनी पूर्व प्रधानमन्त्री युसुफ रजा गिलानीका छोरा अली मुसा गिलानीसँग पराजित भइन् ।
अवामी नेसनल पार्टी (एएनपी) एनपीले दुई सिट, जमियत उलेमा इस्लाम एफ (जेयूआईएफ)ले एक सिट, पिपुल्स पार्टीले दुई सिट, पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन)ले दुई सिट र मुत्ताहिदा कौमी मूभमेन्ट (एमक्यूएम) ले दुई सिटमा प्रतिस्पर्धा गरेको थियो । तर कुनै पनि पार्टीले एउटा सिटमा जित्न सकेन ।
इमरान खानले राष्ट्रियसभाका आठ सिटमध्ये सात सिटमा उम्मेदवारी दिएका थिए र छ सिटमा सफल भएका बन्दै आफ्नै पुरानो रेकर्ड तोडेका छन् । २०१८ को आम चुनावमा उनले राष्ट्रियसभाका पाँच सिट जितेका थिए। त्यसैले उनको राजनीतिक लोकप्रियताको उचाइमा रहेको आँकलन गरिएको छ । -बीबीसी हिन्दी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बजेट अधिवेशन वैशाख २८ गतेदेखि सुरू हुने
-
विद्यालय शिक्षा विधेयकमाथिको दफावार छलफल सकियो, प्रतिवेदन लेख्न थप समय माग्ने
-
एपीएफलाई हराउँदै पुलिस फाइनलमा, उपाधिका लागि इरानी टोलीसँग खेल्ने
-
ढुवानी व्यवसाय डिजिटल र प्रविधि मैत्री बनाउने तयारीमा ट्रक व्यवसायी
-
स्वास्थ्य उपचारका लागि अमेरिका जाँदै कर्णाली प्रदेश प्रमुख
-
४० वर्ष माथिका नागरिकहरूमा नसर्ने रोगको परीक्षण तथा नि:शुल्क उपचार गरिने