उपचुनावमा इमरान खानको कीर्तिमानी जित
पाकिस्तानमा आइतबार राष्ट्रियसभाका आठ र प्रान्तीय सभाका लागि तीन सिटका लागि उपनिर्वाचन भएको थियो । यसमध्ये राष्ट्रिय सभाको उपचुनावमा इमरान खानको पार्टीले ८ मध्ये ६ सिट जितेको छ भने पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले २ सिट मात्र जितेको छ । पञ्जाबका तीन प्रान्तीय सिटमध्ये पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) ले दुई र मुस्लिम लिग–नूनले एउटा सिट जितेको छ ।
पीटीआईका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीले नेशनल राष्ट्रियसभाका आठ सिटमध्ये सात सिटका लागि उम्मेदवारी दिएको थियो । शाह महमूद कुरैशीकी छोरी मेहर बानो कुरैशीले मुल्तान सिटबाट चुनाव लडेकी थिइन् तर उनी पूर्व प्रधानमन्त्री युसुफ रजा गिलानीका छोरा अली मुसा गिलानीसँग पराजित भइन् ।
अवामी नेसनल पार्टी (एएनपी) एनपीले दुई सिट, जमियत उलेमा इस्लाम एफ (जेयूआईएफ)ले एक सिट, पिपुल्स पार्टीले दुई सिट, पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन)ले दुई सिट र मुत्ताहिदा कौमी मूभमेन्ट (एमक्यूएम) ले दुई सिटमा प्रतिस्पर्धा गरेको थियो । तर कुनै पनि पार्टीले एउटा सिटमा जित्न सकेन ।
इमरान खानले राष्ट्रियसभाका आठ सिटमध्ये सात सिटमा उम्मेदवारी दिएका थिए र छ सिटमा सफल भएका बन्दै आफ्नै पुरानो रेकर्ड तोडेका छन् । २०१८ को आम चुनावमा उनले राष्ट्रियसभाका पाँच सिट जितेका थिए। त्यसैले उनको राजनीतिक लोकप्रियताको उचाइमा रहेको आँकलन गरिएको छ । -बीबीसी हिन्दी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण