शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

म्यादी प्रहरीलाई तालिम दिन सुरु, तस्बिरहरू हेर्नुहोस्

मङ्गलबार, ०१ कात्तिक २०७९, ११ : ४२
मङ्गलबार, ०१ कात्तिक २०७९

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि छनोट गरिएका म्यादी प्रहरीलाई नेपाल प्रहरीले तालिम दिन सुरु गरेको छ ।  आइतबारबाट छनोट भएका म्यादी प्रहरीलाई आधारभूत तालिम दिन थालिएको हो। केही हप्ता आधारभूत तालिम पछि उनीहरूलाई प्रतिरक्षा तालिम दिइने प्रहरीको भनाई छ। अहिले दैनिक रूपमा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म तालिम दिइने गरेको छ।

धान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार एक लाख पन्ध्र हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरिएको थियो । जसमा देशभरबाट २ लाख ३२ हजार ८८ जनाले म्यादी प्रहरी बन्न निवेदन दिएका थिए । यसमध्ये १ लाख ७१ हजार ७१८ जना पुरुष र  ६० हजार ३७० जना महिला रहेका थिए ।

दरखास्त दिनेहरू मध्येबाट छनोट गरिएका एक लाख पन्ध्र हजार म्यादी प्रहरीको सेवा अवधि ४० दिनको रहने छ । जसअनुसार म्यादी प्रहरीका लागि प्रतिदिन ८ सय ६९ रुपैयाँको दरले ४० दिन सम्मका लागि निजको व्यक्तिगत बैंक खातामा रकम जम्मा गरी दिने गरी जम्मा पारिश्रमिक ३४ हजार ७६० रुपैयाँ प्राप्त हुनेछ । खाद्यान्न बापत प्रति व्यक्ति एकमुष्ट ७ हजार २०० रुपैयाँ हुनेछ भने हिमाली जिल्लामा खटिने म्यादी प्रहरीहरूको हकमा जिल्लाको न्यूनतम राशन दररेट अनुसारको रकम पाउनेछन् । 

तोकिएको पोशाक तथा अन्य सामान खरिद गर्ने गरी प्रति व्यक्ति ६ हजार रुपैयाँ एकमुष्ट उपलब्ध हुनेछ भने हिमाली जिल्लामा खटिने म्यादी प्रहरीहरूलाई गाढा निलो रंगको कपडाको ज्याकेट खरिद गर्न प्रति व्यक्ति थप १ हजार रुपैयाँ उपलब्ध हुनेछ। निर्वाचनका क्रममा खटिने म्यादी प्रहरीहरूलाई खटिएको ठाउँमा आउने र जाने तयारी स्वरूप प्रति म्यादी प्रहरी एकमुष्ट १ हजार रुपैयाँका दरले तयारी खर्च उपलब्ध हुनेछ भने ३ सय रुपैयाँको दरले ४ दिनका लागि खाजा खर्च उपलब्ध हुनेछ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप