बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

संगीतकार संघले प्रधानमन्त्री निवासमा देउसी–भैलो खेल्ने

मङ्गलबार, ०१ कात्तिक २०७९, १२ : ४९
मङ्गलबार, ०१ कात्तिक २०७९

संगीतकार संघ नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख राजनीतिक दलका शीर्ष नेताको निवास पुगेर देउसी–भैलो खेल्ने भएको छ । गणतन्त्रका उपलब्धिलाई संस्थागत गर्ने नेतृत्वलाई मतदान गर्न सन्देश दिने उदेश्यले शीर्ष नेताहरुको घरमा देउसी–भैलो कार्यक्रम तय गरिएको संघका अध्यक्ष चेतन सापकोटाले बताए ।

कात्तिक ६, ७ र ८ गते आयोजना हुने देउसी–भैलाको कार्यक्रममा प्रधानमन्त्री निवास बालुवाटार, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोट, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवास कोटेश्वरको अलवा सचिव लगायत उच्च सरकारी अधिकारी, व्यवसायिकाे घरमा समेत आयोजना हुनेछ । 

ठुला मिडियाका प्रकाशक र सम्पादकको निवासमा समेत खेलिने देउसी–भैलो राजनीतिक भन्दा पनि विशुद्ध मनोरञ्जनात्मक हुने सापकोटाको भनाइ रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप