संगीतकार संघले प्रधानमन्त्री निवासमा देउसी–भैलो खेल्ने
संगीतकार संघ नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख राजनीतिक दलका शीर्ष नेताको निवास पुगेर देउसी–भैलो खेल्ने भएको छ । गणतन्त्रका उपलब्धिलाई संस्थागत गर्ने नेतृत्वलाई मतदान गर्न सन्देश दिने उदेश्यले शीर्ष नेताहरुको घरमा देउसी–भैलो कार्यक्रम तय गरिएको संघका अध्यक्ष चेतन सापकोटाले बताए ।
कात्तिक ६, ७ र ८ गते आयोजना हुने देउसी–भैलाको कार्यक्रममा प्रधानमन्त्री निवास बालुवाटार, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोट, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवास कोटेश्वरको अलवा सचिव लगायत उच्च सरकारी अधिकारी, व्यवसायिकाे घरमा समेत आयोजना हुनेछ ।
ठुला मिडियाका प्रकाशक र सम्पादकको निवासमा समेत खेलिने देउसी–भैलो राजनीतिक भन्दा पनि विशुद्ध मनोरञ्जनात्मक हुने सापकोटाको भनाइ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुनर्जीवनको पर्खाइमा हेटौँडा कपडा उद्योग, दाबी अनुसार छैन चहलपहल
-
ट्रम्पको दाबी, ‘मेरो लोकप्रियता ५९ प्रतिशत पुग्यो, बजारमा महँगी पनि घट्यो’
-
बारामा पोखरीमा डुबेर बालिकाको मृत्यु
-
भानुगृहलाई साझा सांस्कृतिक धरोहरका रूपमा संरक्षण गर्न उपराष्ट्रपतिको आह्वान
-
कटेनी नदीमा जलसतहले सतर्कता तह पार गर्यो, सतर्क रहन आग्रह
-
अमेरिका–इरान द्वन्द्वले तेलको मूल्यमा उछाल, एसियाली सेयर बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण