नक्कली दाँत अड्किएर महिलाको मृत्यु
४८ वर्षकी कोलम्बियाकी एक महिलाको नक्कली दाँत अड्किएर मृत्यु भएको छ । कुनै दुर्घटना नहोस् भनेर डाक्टरले सुत्ने बेलामा नक्कली दाँत निकालेर सुत्न सल्लाह दिन्छन् । तर कोलम्बियाको अर्मेनिया क्षेत्रकी ४८ वर्षकी मारिया फारियाज गुजम्यानले डाक्टरको यो सुझावको पालना गरिनन् । अडिटी सेन्ट्रलका अनुसार ती महिलाले आफ्नो नक्कली दाँत लिएर सुत्न गइन् । निदाएका बेला उनको त्यो नक्कली दाँत घाँटीमा गएर अड्कियो । मारियाको परिवारका सदस्यले पछि डाक्टरसँगको कुराकानीमा ती महिलाको कोठाबाट अचम्मको आवाज आइरहेका कारण के भइरहेको छ भनेर हेर्न जाँदा उनको सास रोकिएको देखेको बताए ।
त्यसपछि उनलाई नजिकैको हस्पिटल डेल सर लगियो जहाँ डाक्टरले उनको घाँटीमा अड्किएको वस्तु निकाल्न कोसिस गरे तर उनीहरुको कोसिस विफल भयो । उनलाई डाक्टरले मृत घोषित गरे ।
‘महिलालाई अस्पताल ल्याउँदा उनले कुनै महत्वपूर्ण लक्षण देखाइरहेकी थिइनन् । डाक्टरले उनको श्वासनली खाली गर्ने विभिन्न जुक्ति निकाले तर उनले कुनै पनि प्रतिक्रिया दिइनन्,’ क्विन्डियो प्रहरी विभागका कोरोनेल विलियम अल्बर्टो जुबिटा पारडोले पत्रकारसँगको कुराकानीमा भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दिपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण