बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

‘महापुरुष’ को चरित्रमा भिज्न निकै कठिन भयो–अञ्जना

मङ्गलबार, ०१ कात्तिक २०७९, १८ : ४५
मङ्गलबार, ०१ कात्तिक २०७९

अभिनेत्री अञ्जना बाइलीले आफूलाई ‘महापुरुष’ को चरित्रमा भिज्न निकै कठिन भएको बताएकी छन् । आफ्नो पहिलो फिल्म भएकोले पनि स्क्रिप्ट र आफ्नो चरित्र पुरै याद भएपनि आफूलाई त्यसमा घुस्न समय लागेको धारणा थियो ।

‘फिल्म फ्लोमा जाने दिन नजिक आइरहेको थियो । वर्कसपमा बस्दा समेत घरमा गएर सुत्नपाए हुन्थ्यो जस्तो भएको थियो’ उनले भनिन् ‘फिल्मको स्क्रिप्ट त सबै याद थियो । किन किन म त्यसमा घुस्न सकिरहेको थिइन ।’ फिल्मको चरित्रमा घुस्न निकै कठिन भएपनि फिल्म अभिनयको सिलसिलाको क्षणहरू भने आफ्ना लागि महत्वपुर्ण भएको बताइन् ।

मंगलबार राजधानीमा फिल्म ‘महापुरुष’ले आयोजना गरेको एक कार्यक्रममा बाइलीले फिल्म अभिनय अनुभव समेत शेयर गरिन् । ‘फष्ट फिल्म भएकोले पहिलो दिनको सुटिङ एकदमै गाहे भइरहेको थियो’ बराइलीले अगाडि थपिन् ‘फिल्मका दिग्गज अभिनेता हरिवंश आचार्य, अभिनेत्री गौरी मल्ल, रविन्द्र बाँनिया  लगायतको सहयोगी भावनाले सहज भयो ।’ 

फिल्म युनिटका कलाकार मात्र होइन, अन्य सदस्य समेत एकदमै सहयोगी भएकोले आफूले सजिलै फिल्म पुरा गर्न सफल भएको उनको भनाई रहेको छ । अञ्जना यसै फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यु गर्न लागेकी हुन् । अभिनयमा सानैदेखि रुचि भएकी उनी अडिसन मार्फत फिल्मका लागि छानिएकी हुन् । पहिलो फिल्म नै राम्रा व्यक्तिहरुसँग काम गर्न पाएकामा आफूलाई भाग्यमानी ठान्ने उनले फिल्म सफल हुनेमा विश्वस्त छिन् । फिल्ममा युवा पुस्ताको प्रतिनिधित्व गरेको बताउने उनी आगामि दिनमा पनि फिल्म अभिनय निरन्तरता दिने सोच रहेको बताउँछिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप