समानुपातिकतर्फका २८ उम्मेदवारविरुद्ध आयोगमा उजुरी (सूचीसहित)
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा नाम भएका २८ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । प्रतिनिधि सभातर्फ १३ उम्मेदवार र प्रदेशसभातर्फ १५ उम्मेदवारविरुद्ध उजुरी परेको हो ।
यसरी उजुरी पर्ने समानुपातिक उम्मेदवारहरूमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारदेखि सरकारी लाभको पदमा बसेर बन्दसूचीमा रहेका अन्य उम्मेदवार समेत रहेका छन् । कतिपय उम्मेदवारले आफैले पनि आफू जुन विषय अन्तर्गतको बन्दसूचीमा हुनुपथ्र्यो त्यसमा नभएर अर्कै सूचीमा समावेश भएको भन्दै सो अनुसार कायम गरिदिन निवेदन दर्ता गराएका छन् ।
समानुपातिकतर्फका उम्मेदवारविरुद्ध परेको उजुरीमाथि आयोगले यही कात्तिक ५ गतेसम्म छानविन गर्ने र उजुरी सही ठहरिएमा उम्मेदवारी रद्द गर्ने आयोगका सहन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले रातोपाटीलाई जानकारी दिए । आयोगले उजुरी परेका उम्मेदवारहरुमाथि अनुसन्धान गरी कात्तिक ९ गते अन्तिम सूची प्रकाशन गर्ने तयारी गरेको छ । आयोगले असोज २९ गतेसम्म समानुपातिकतर्फका उम्मेदवार विरुद्ध उजुरी मागेको थियो ।
सहन्यायाधिवक्ता वाग्लेले भने, ‘अहिले हामीले समानुपातिकतर्फका उम्मेदवारविरुद्ध आएको उजुरी प्रकाशन मात्र गरेका हौँ । कात्तिक ५ गतेसम्म जाँचबुझ गरेर टुङ्गो लगाउने भनेर काम गरिरहेका छौँ । कुनै उजुरी तथ्यपरक पनि होला, कुनै उजुरीका लागि उजुरीमात्रै पनि होलान् । ५ गतेभित्र हामी टुङ्गो लगाउने तयारीमा छौँ ।’
उजुरीमाथि जाँचबुझ गर्दा खारेज हुने प्रकृतिको भएमा उम्मेदवारी खारेज हुने उनले बताए । उनले भने, ‘छानबिनमा क्रममा एउटै व्यक्तिको नाम दुईवटा दलबाट छ कि छैन, उमेर पुगेको छ कि छैन ? जरिवानामा परेको व्यक्ति छ कि छैन ? उजुरी अनुसारको विवरण सही हो हो हैन लगायतका विषयमा छानविन गछौँ र अन्तिम विवरण निकाल्छौँ ।’
कस्ता छन् उम्मेदवारविरुद्धका उजुरी ?
नेपाली कांग्रेसको समानुपातिकतर्फको बन्दसूचीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार परियारविरुद्ध लाभको पदमा बसेर उम्मेदवार बनेको भन्दै उजुरी परेको छ । कविता नेपालीले गरेको उजुरीमा परियारले सरकारको लाभको पद धारण गरी निजको नाम बन्दसूचीमा रहेकोले आवश्यक कारबाही गरी पाउँ भनेर उजुरी गरेकी थिइन् ।
यस्तै एउटा पार्टीमा रहेको व्यक्ति अर्को पार्टीको समानुपातिकतर्फको बन्दसूचीमा रहेको भन्दै उजुरी परेको छ । राष्ट्रिय जनमुक्ति पार्टीको बन्दसूचीमा नाम रहेका नेपाली जनता दलका नेता काजीमान आत्रेयको नाम हटाउनका लागि उजुरी परेको छ ।
नेपाली जनता दलका अध्यक्ष हरिचरण शाहले गरेको उजुरीमा आत्रेय राष्ट्रिय जनमुक्ति पार्टीको सदस्य नभई नेपाली जनता दलको केन्द्रीय वरिष्ठ उपाध्यक्ष भएकोले राष्ट्रिय जनमुक्ति पार्टीको बन्दसूचीबाट नाम हटाइपाँउ भनेर उजुरी गरेका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक उम्मेदवार शिव डुम्रे नेपाल पत्रकार महासंघको सदस्य भई नेपालको राष्ट्रिय टेलिभिजनमा संवाददाता काम गर्र्दै आएको र पत्रकारिता पेशामा रही राजनीतिमा आवद्ध हुन नपाइने भएकोले निजको उम्मेदवारी बन्दसूचीबाट हटाइ पाउँ भन्दै नरेश डुम्रेको उजुरी परेको छ ।
प्रतिनिधि सभा समानुपातिकतर्फको बन्दसूचीमा रहेका १३ उम्मेदवारविरुद्ध परेको उजुरी विवरण
प्रदेश सभा समानुपातिकतर्फको बन्दसूचीमा रहेका १५ उम्मेदवारविरुद्ध परेको उजुरी विवरण
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण