नवौं राष्ट्रिय खेलकुदमा नेपाल प्रहरीले जित्यो हालसम्म १ सय २९ पदक
नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत विभिन्न खेलहरूमा नेपाल प्रहरीले हालसम्म ४३ स्वर्ण, ३८ रजत र ४८ कास्य गरी कुल १ सय २९ पदक प्राप्त गरेको छ । नेपाल प्रहरीले तेक्वान्दोमा ११ स्वर्ण, ४ रजत र १ कास्य, करातेमा ९ स्वर्ण, २ रजत र ५ कास्य, भारोत्तोलनमा ८ स्वर्ण र ५ रजत, टेबल टेनिसमा ४ स्वर्ण, १ रजत र १ कास्य, जुडोमा ३ स्वर्ण, १ रजत र ५ कास्य जितेको छ ।
यसैगरी पुरुष क्रिकेटमा १ स्वर्ण, महिला क्रिकेटमा १ स्वर्ण, कुस्तीमा १ स्वर्ण, ७ रजत र ५ कास्य, पौडीमा १ स्वर्ण ८ रजत र ११ कास्य, फुलकन्ट्‍याक्ट कराँतेमा १ स्वर्ण, १ रजत र २ कास्य, सफ्ट टेनिसमा १ स्वर्ण र १ कास्य जितेको छ ।
यसैगरी एथलेटिक्समा १ स्वर्ण, ३ रजत र ४ कास्य, शारीरिक सुगठनमा १ स्वर्ण, १ रजत र ३ कास्य, बुद्धिचालमा ३ रजत, सुटिङमा १ रजत र २ कास्य, आर्चरीमा १ रजत, आईटिएफ तेक्वान्दोमा ४ कास्य, लन टेनिसमा २ कास्य तथा ब्याडमिन्टनमा २ कास्य जितेको हो ।
नेपाल प्रहरीका खेलाडीहरूमध्ये महिलातर्फ १८ स्वर्ण, १७ रजत र २६ कास्य, पुरुषतर्फ २३ स्वर्ण, २० रजत र २१ कास्य तथा मिश्रित टिमतर्फ २ स्वर्ण, १ रजत र १ कास्य पदक जित्न सफल भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण