नवौं राष्ट्रिय खेलकुद : टेबल टेनिसमा स्यान्टु र नवितालाई स्वर्ण
नेपाल पुलिस क्लबका स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत टेबल टेनिसको एकलतर्फ स्वर्ण जितेका छन् । बुधबार पुरुष एकलतर्फ स्यान्टु र महिलामा नविताले स्वर्ण जितेका हुन् । पुरुषको फाइनलमा स्यान्टुले एपीएफका रुविन महर्जनलाई ४–१ को सेटमा पराजित गरे । उनले महर्जनलाई ११–८, ११–७, ११–९, ६–११, ११–६ ले हराए ।
पोखराको कोल्मा बहाकोट तमु समाजमा पुरुषमा पुलिसका प्रदीप रोका र एपीएफका संयोग कपालीले कास्य पदक हात पारे । महिला एकलमा नविताले पुलिसकै एलिना महर्जनलाई ४(३ को सेटमा हराएर स्वर्ण जितिन् ।
नविताले एलिनालाई ११–८, ११–६, १२–१४, ११–८, ९–११, ६–११, १३–१५ ले पराजित गरिन् ।
महिला एकलमा एपिएफकी सिक्का सुवाल र आर्मीकी रविना महर्जनले कास्य पदक हात पारिन् । टेबल टेनिसमा ६ स्वर्णसहित पुलिस टिम च्याम्पियन बनेको छ । प्रतियोगितामा ६ स्वर्ण, २ रजत र ४ कास्य पदक हात पार्न सफल भयो भने बलियो प्रतिष्पर्धीका रुपमा रहेको शसस्त्र प्रहरीले १ स्वर्ण, ४ रजत र १ कास्य पदक पाउँदै दोस्रो स्थानमा बन्न सफल रह्यो ।
त्यस्तै बागमती प्रदेशले १ रजत र २ कास्य सहित तेस्रो भयो । प्रतियोगितामा आर्मीले २ कास्य, एनआरएनएले २ कास्य, प्रदेश १ ले २ कास्य र गण्डकी प्रदेशले १ कास्य पदक हात पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण