दोहोरो अंकले घट्यो सेयर बजार, अभियान लघुवित्तको सेयरमा सर्किट ब्रेक
आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२ अंकले घटेको छ । कारोबार समयदेखि ओरालो लागेको नेप्से परिसूचक दोहोरो अंकले घटेर १८ सय ४५ अंकमा पुगेर रोकिएको छ । यस्तै, सेन्सेटिभ समूहमा २.६६ अंक घटेर ३६२ अंकमा पुगेर रोकिएको छ ।
यसक्रममा आज २१ लाख ५१ हजार कित्ता सेयर किनबेच भएर ६४ करोड ३६ ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । परिसूचक दोहोरो अंकले घट्दा होटल र टुरिजम समूह र म्यूचुअल फण्ड समूहमा वृद्धि देखिएको छ ।
होटल र टुरिजम समूहमा ३९.९९ अंकको सुधार आउँदा म्यूचुअल फण्ड समूहमा ०.०२ अंकको सुधार आएको छ । यसबाहेक, आज निर्जीवन बीमा समूहमा ५५ अंकको गिरावट आएको छ । यस्तै, विकास बैंक समूह ४५ अंक, उत्पादनमूलक ४२, वित्त समूह ३९ अंक र जलविद्युत समूह ३५ अंकले घटेको छ ।
परिसूचक घटेपनि आज २ वटा कम्पनीको सेयर मूल्य भने सकरात्मक सर्किट लागेको छ । अभियान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशत बढेर प्रतिकित्ता ८८८ रुपैयाँ पुगेको छ । यस्तै, सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९ं.९९ प्रतिशतले बढेको छ । यससँगै, यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३५ रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण