भिटेनले हटाएर फेरि किन ल्याए गीत ?
विवादका कारण सधै चर्चामा रहने र्यापर हुन् भिटेन । उनी कुन समय के कारणबाट विवादमा छाउँछन् त्यो कसैले अनुमान गर्न सक्दैनन् । गतसाता जापान कन्सर्टमा गरेको हर्कतका कारण थप विवादित बनेका उनको स्वास्थ्यलाई लिएर फ्यानमा चिन्ता छ । त्यसैले पनि सामाजिक सञ्जालमा समेत भिटेनलाई मानसिक स्वास्थ्यको ख्याल गर्न धेरैले सुझाएका छन् ।
बुधबार भने उनले आफ्नो गीत केहीबेर हटाएर फेरि अपलोड गरेका छन् । १३ दिन अगाडि सार्वजनिक गरिएको ‘आफ्नो बाटो’ बोलको गीत बाहेक सबै गीत हटाएर उनले फेरि राखेका हुन् । उनले यसो किन र कसका लागि गरे अहिले सार्वजनिक गरिएको छैन । तर उनको गीत सामाजिक सञ्जालबाट हट्नु र फेरि आउनुलाई विभिन्न अड्कलबाजी हुन थालेका छन् । गीत मात्र होइन, उनले इन्स्टाग्रामबाट दुई पोस्ट बाहेक सबै पोष्ट हटाएका छन् ।
रौतहटमा जन्मिएका भिटेन ‘चुरोट’ नामको गीतबाट पहिलो पटक चर्चामा छाएका थिए । त्यसपछि ‘हामी यस्तै त हो नि ब्रो’ गीत ल्याएर युवा माझ उनी प्रिय बन्न पुगे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण