ओलीसँग कुरा गर्न १ लाख १३ हजारले दिए नम्बर
बुधबार, ०२ कात्तिक २०७९, १६ : ५४
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग टेलिफोनमा कुरा गर्न एक लाख १३ हजार जनाले नाम र फोन नम्बर पठाएका छन् ।
अध्यक्ष ओलीले मंगलबार साँझ कात्तिक ४ गते आफुसँग टेलिफोनमा संवाद गर्न चाहने सर्वसाधारणलाई फोन र नाम पठाउन आफ्नो फेसबुकमार्फत आव्हान गरेका थिए । ओलीले बुधबार पौने चार बजे हालसम्म १ लाख १३ हजार ४ सय ७७ जनाले नाम र नम्बर टिपाएको भन्दै उत्साहपूर्ण सहभागिताले खुसी भएको बताएका छन् ।
‘हालसम्म १ लाख १३ हजार ४ सय ७७ जनाले नाम र नम्बर टिपाउनु भएको छ । यो उत्साहपूर्ण सहभागिताले खुसी छु । धेरै नाम आएकोले नाम टिपाउने समय भोलि दिउँसो १२ बजेसम्म मात्र निर्धारण गरेका छौं । नाम र नम्बर त टिपाउनु भयो नि ?’, उनले नाम र नम्बर टिपाउने समय थप गर्दै बिहीबार दिउँसो १२ बजेसम्म रहेको जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन एकपछि अर्को गर्दै एक्लिँदै छ नेकपा एमाले ?
-
नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
-
लुम्बिनीमा कांग्रेस अझै पर्खाइमा, भोलि पुन बैठक बस्ने
-
सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिमा दुई सदस्य मनोनित
-
जेनजी आन्देलनमा जलेका सामानको लगत कट्टा गर्ने बागमती सरकारको निर्णय
-
तत्काल राजीनामा दिनेभन्दा पनि संविधानअनुसार विश्वासको मत लिन्छुः मुख्यमन्त्री शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण