ताप्लेजुङमा विभिन्न दुर्घटनामा परी ५ जनाको मृत्यु
विगत २४ घण्टामा ताप्लेजुङमा ५ जनाको मृत्य भएको छ । एक जनाको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ भने चार जना ट्रयाक्टर दुर्घटनामा परी मृत्यु भएको हो । आज दिउँसाे घाँस काट्न गएका फुङलिङ नगरपालिका–६ बतासे बस्ने चन्द्र भनिने ५० वर्षीय लालबहादुर गुरुङको लडेर मृत्यु भएको छ । आफ्नै बारीमा घाँस काट्न गएका उनी कान्लाबाट लडी मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) कैलाश राईले बताए ।
यस्तै गएराति मैवाखोला गाउँपालिकाको वडा नं २ को तेल्लाबुङबाट वडा नं ५ फाकुम्बातर्फ जाँदै गरेको ट्रयाक्टर वडा नं ४ साँघुको याम्फेवा खोला नजिक चाप्लिङ खोल्सामा दुर्घटनामा हुँदा दुई घरका दाजुभाइ तथा दिदीबहिनी गरी चार जनाको मृत्यु भएको थियो ।
०२–०३–००१ त ५६५५ नंको ट्रयाक्टर दुर्घटनामा परी मैवाखोला गाउँपालिका–५ काम्साङ बस्ने ३१ वर्षीय पासाङ शेर्पा, निजका सहोदर भाइ २४ वर्षीय फुर्वा शेर्पा तथा मैवाखोला गाउँपालिका–४ ओदक बस्ने पासाङ छेटु शेर्पाका छोरी १७ वर्षीया लाकी शेर्पा र २२ वर्षीया शर्मिला शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण