सिन्धुपाल्चोकमा जुकाको औषधी सर्किँदा ३ वर्षका बालकको मृत्यु
बुधबार, ०२ कात्तिक २०७९, १८ : १६
सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ गोल्चे निम्लुङमा जुकाको औषधी सर्किँदा तीन वर्षका बालकको ज्यान गएको छ । सुप्पा लामाको छोरा तीन वर्षका सम्शेर लामाको औषधी सर्किँदा ज्यान गएको स्थानीय विष्णुलाल दोङले बताए ।
स्थानीय स्वयंसेविका सँगलमु लामा र सँगलमु स्याङ्बोले स्वास्थ्य चौकी बैकुण्ठेबाट भिटामिन र जुकाको औषधी ल्याई बच्चालाई खुवाउने क्रममा सर्किएको हो । बालकलाई औषधी सर्कन गई फिज काट्न थालेपछि उपचारको लागि एम्बुलेन्समा राखी प्राथमिक स्वास्थ्य केन्द्र साङ्बोटेतर्फ लगिएको थियो ।
बिहान ११:५६ को समयमा स्वास्थ्य केन्द्रका प्रमुख डा। सञ्जीव खड्काले बालकको मृत्यु भई सकेको बताएका थिए । मृतक बालकको शव पोस्टमार्टमको लागि चौतारा अस्पतालमा राखिएको छ ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण