सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावमा उम्मेदवारले कुन–कुन शीर्षकमा खर्च गर्न पाउँछन् ?

बिहीबार, ०३ कात्तिक २०७९, १६ : ५१
बिहीबार, ०३ कात्तिक २०७९

आगामी निर्वाचनमा उम्मेदवारहरूले ऐन तथा कानुनको परिधिभित्र रहेर खर्च गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ ।  प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४, प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४, निर्वाचन आचारसंहिता २०७९ तथा निर्देशिकाको प्रतिकूल नहुने गरी उम्मेदवारले खर्च गर्न पाउने आयोगको भनाई छ । 

आयोगले तोकेको खर्चको अधिकतम हदभित्र रही मतदाता नामावली खरिद, सवारी साधन, प्रचार–प्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रियाका लागि खर्च गर्न सकिनेछ । यस्तै अन्य प्रचार–प्रसार, छापा एवं विद्युतीय माध्यम र सामाजिक सञ्जाल समेत, कार्यालय सञ्चालन र प्रतिनिधि परिचालनका शीर्षकमा खर्च गर्न सकिने आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप