लोकतन्त्रको रक्षाका लागि गठबन्धनको विजयी आवश्यक : उपसभापति खड्का
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गठबन्धनको विजयी आवश्यक रहेको बताएका छन् । संविधानको रक्षा र मुलुकको आर्थिक समृद्धिका लागि मंसिर ४ को निर्वाचन ऐतिहासिक भएकाले गठबन्धनको विजयी आवश्यक रहेको बताएका हुन् ।
सुर्खेत क्षेत्र नं. १ का मतदाता भेटघाट कार्यक्रमहरूलाई सम्बोधन गर्दै उपसभापति खड्काले मंसिर ४ को निर्वाचनपछि मुलुकको राजनीति कता जान्छ भन्ने निश्चित हुने बताए । साथै उनले संविधान संशोधनमार्फत जनताका हक अधिकारलाई स्थापित गर्न र अधुरा विकास योजनाहरुलाई सम्पन्न गर्न तथा रोजगारी सृजना हुने ठुला विकास योजना सञ्चालन गर्न गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन मतदातासामु आग्रह गरे ।
‘संविधान बाँकी कामहरूलाई पूर्णता दिनका लागि पनि लोकतान्त्रिक–बाम गठबन्धनको जीत आवश्यक छ,’उनले भने,‘संविधानको रक्षा गर्न, शान्ति प्रक्रियाका बाँकी कामहरू पूरा गर्न र अधुरा विकास योजनालाई पूर्णता दिँदै विकासको द्रुतगतिमा विकास गर्नका लागि लोकतान्त्रिक–बाम गठबन्धन बनेको हो ।’
उपसभापति खड्काले मंसिर ४ को निर्वाचन केवल हार र जीतसँग मात्रै नजोडिएको बताए । ‘संविधानको रक्षा, शान्ति प्रक्रियाका बाँकी कामहरू पूरा गर्न संविधान संशोधनमार्फत सबै क्षेत्र, लिङ्ग, वर्ग, धर्म र समुदायको अधिकार स्थापित गर्न जोडिएको छ,’उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्र र राष्ट्रियता जोगाउन कांग्रेसभित्र पूर्ण एकताको विकल्प छैन : नैनसिंह महर
-
६ महिनादेखि महँगी भत्ता नपाएपछि प्रेस काउन्सिलका कर्मचारी आन्दोलित, कामकाज ठप्प
-
दृष्टिविहीनहरूको आन्दोलन १२ औँ दिन पनि जारी
-
ठगीको अभियोगमा एक जना पक्राउ
-
नेपालमै सहजै रासायनिक मल उत्पादन सम्भव छ
-
किएभमा रूसी आक्रमण : मृत्यु हुनेको सङ्ख्या ३० पुग्याे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण