तपाईंको शरीरबाट यस्तो गन्ध आए, तपाईंलाई धेरै लामखुट्टेले टोक्छन्
कस्ता मानिसप्रति लामखुट्टे बढी आकर्षित हुन्छन्, वैज्ञानिकले यसबारे पत्ता लगाइसकेका छन् । कसलाई लामखुट्टेले धेरै पछ्याउँछन्, कसको रगत बढि पिउँछन् ? लामखुट्टेको चुम्बक भनिने व्यक्तिका लागि यो खबर खासै सुखद छैन किनभने लामखुट्टेले आफूलाई मनपरेको मानिसको पिछा छोड्दैनन्, अन्तिम साससम्म पनि । यस्तो हुनुको एउटा विशेष कारण पनि छ । यस्ता मानिसहरुको शरीरबाट यस्तो गन्ध निस्कन्छ जसले लामखुट्टेलाई उनीहरुतर्फ आकर्षित गर्छ ।
न्युयोर्क स्थित रकफेलर युनिभर्सिटीका न्युरोबायोलोजिस्ट लेस्ली वोशैलले लामखुट्टेले धेरै टोक्नुका कारणबारे बताएकी छिन् । उनले भनेकी छिन्, ‘यदि तपाईंको छालामा एक विशेष खालको पदार्थ छ र तपाईं बाहिर जानु भएको छ भने तपाईं लामखुट्टेको टोकाइबाट बच्न सक्नुहुन्नँ । विश्वभरी विभिन्न खालका कहानी छन्, रगत मिठो भएकोले लामखुट्टेले टोक्छन्, आदि इत्यादि । तर यस्ता कहानीको पछाडि कुनै बलियो तथ्य वा दस्तावेज छैनन् ।
शोधकर्तामध्ये एक मारिया इलेना डे ओब्लाडियाले बताए अनुसार लामखुट्टेको चुम्बकको पहिचान गर्नका लागि एउटा ल्याब टेस्ट गरियो । मानिसहरुको गन्धलाई एक–अर्कामाथि छर्कियो । गन्ध पसिनाले निकालेको थियो । यो शोध हालै सेल जर्नलमा प्रकाशित भएको छ । शोधकर्ताले ६४ स्वयंसेवकलाई उनीहरुको हातको अर्को हिस्सामा नाइलनको स्टकिङ लगाउन भने ताकि स्टकिङमा उनीहरुको शरीरको गन्ध आओस् । त्यसपछि स्टकिङलाई भिन्न भिन्न ट्युबमा राखियो त्यसपछि दर्जनौँ लामखुट्टे छोडियो ।
विशेष गन्ध भएका मानिसमा सय गुणा बढी लामखुट्टे
मारियाले बताए अनुसार सबैभन्दा बढी लामखुट्टे जुन स्टकिङमा गएर बसे, यसबाट के थाहा भयो भने यो कुन मानिसको गन्ध हो । जो व्यक्तिको स्टकिङमा सबैभन्दा कम लामखुट्टे थियो, ती लामखुट्टेका प्रिय थिएनन् । जसमा सबैभन्दा बढी लामखुट्टे पुगे त्यो सबैभन्दा कम रुचाइएको गन्धभन्दा सय गुणा बढी थियो । यो शोधमा एडिस एजिप्टी लामखुट्टेलाई समावेश गरिएको थियो । यो लामखुट्टेका कारण जन्डिस, जिकार डेंगु हुने गर्छ ।
जो लामखुट्टेका चुम्बक हुन्, उनीहरु सधैँ लामखुट्टेका चुम्बक नै रहनेछन्
लेस्ली वोशेलका अनुसार यस्तो खालका नतिजा अन्य प्रजातिका लामखुट्टेमा पनि भेटिएको छ तर यसका लागि थप अनुसन्धान गर्न बाँकी छ । फ्लोरिडा इन्टरनेशनल युनिभर्सिटीका न्युरोजेनेसिस्ट म्याट डिजेनारोले यही मानिसमाथि लगातार केही वर्षसम्म परीक्षण गर्ने हो भने थप उत्कृष्ट र सटिक परिणाम सार्वजनिक हुने बताएका छन् । यसो गर्दा कस्ता मानिसहरु सधैँ लामखुट्टेको म्याग्नेट बन्छन् भन्ने पत्ता लाग्छ ।
किन यस्ता मानिसलाई लामखुट्टेले धेरै टोक्छन् ?
लामखुट्टेको चुम्बक (मस्क्विटो म्याग्नेट्स) को छालाबाट एक विशेष खालको एसिड निस्कन्छ । यसको मात्रा र तीब्रता पनि धेरै हुन्छ । यो छालाको माथिल्लो पत्रमा ग्रीजको कणजस्तै टाँस्सिने गर्छ । भिन्न भिन्न मानिसले यस्तो खालको नमी पैदा गर्ने रसायन भिन्न भिन्न मात्रामा नै आफ्नो छालाबाट निकाल्ने गर्छन् । शरीरको छालामा भएका स्वस्थ ब्याक्टेरियाले यो एसिडलाई खाएर हाम्रो शरीरबाट विशेष प्रकारको गन्ध निकाल्ने गर्छ जसले लामखुट्टेलाई आकर्षित गर्छ ।
Smell checker: If mosquitoes love you, new research suggests it may be because of how you smell. A study finds that people who are “mosquito magnets” have high levels of certain chemicals on the skin that are tied to odor. https://t.co/SH1GIf1Pmc
— AP Oddities (@AP_Oddities) October 18, 2022
युनिभर्सिटी अफ वासिङ्टनका न्युरोबायोलोजिस्ट जेफ रिफेलले अनुसन्धाताले लामखुट्टेलाई टाढा राख्ने नयाँ तरिका पत्ता लगाउन सक्ने बताएका छन् । उनले भने, ‘तपाईं यी एसिडबाट छुटकारा पाउन सक्नुहुन्छ, त्यो पनि आफ्नो छालालाई क्षती नपुर्याइकन । तपाईंको छालामा भएका ब्याक्टेरियामार्फत् नै तपाईंको गन्धलाई बदल्न सकिन्छ ।’
तर यो त्यति सजिलो पनि नहुने रिफेल बताउँछन् । ‘यस्तो खालको प्रविधि विकास गर्न समय लाग्नेछ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीले रसुवागढी नाकामा भीडभाड
-
फिफा विश्वकप २०२६ : रङ्गशाला सफा गरेर जापानी समर्थकले जिते विश्वकै मन
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण