बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आचारसंहिता उल्लंघनमा स्पष्टीकरण सोध्दा तरंग पैदा भयो : थपलिया

शुक्रबार, ०४ कात्तिक २०७९, १७ : ५९
शुक्रबार, ०४ कात्तिक २०७९

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता उल्लंघनबारे स्पष्टीकरण सोध्दैमा तरंग पैदा भएको बताएका छन् । शुक्रवार प्रदेश १ मा आयोजित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ प्रदेश स्तरीय सञ्चारमाध्यम सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आचारसंहिता उल्लंघनबारे स्पष्टीकरण सोध्दैमा तरंग पैदा भएको बताएका हुन् ।

उनले आगामी १० दिनमा आयोगले आचारसंहिता उल्लंघन गर्नेहरुलाई कारबाही गरेको निर्णयले उम्मेदवारहरूमा भूकम्प जानसक्ने आशंका व्यक्त गरे । प्रमुख निर्वाचन आयुक्त थपलियाले आचारसंहिताको कारबाही गर्ने विषयमा स्पष्टीकरण सोध्नु भनेको कारबाही गर्नु नभएको बताए । उनले आचारसंहिता उल्लंघन गरेको बारेमा स्पष्टीकरण सोध्नुलाई कारबाहीको प्रक्रिया प्रारम्भको रुपमा लिनुपर्ने बताए । उनले आचारसंहिता उल्लंघन गरेको उजुरी परेका उम्मेदवारले तथ्य प्रमाणका साथमा होइन भनेर प्रमाणित गरेमा मात्रै निर्वाचन आयोगले कारबाही नगर्ने बताए ।

 प्रमुख निर्वाचन आयुक्त थपलियाले आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारहरूलाई कारबाही गर्न आयोग दृढ रहेको पनि बताए ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप