कपिलवस्तुमा सशस्त्र प्रहरीको गाडी दुर्घटना, २ जनाको मृत्यु
शुक्रबार, ०४ कात्तिक २०७९, २२ : २२
कपिलवस्तुको वाणगंगा नगरपालिकामा ३ सिउटीमा सशस्त्र प्रहरीको गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शुक्रबार साँझ सशस्त्र प्रहरी सवार ट्रक दुर्घटनामा परि एक स्थानीयबासीसहित २ जनाको मृत्यु भएको हो ।
सशस्त्र प्रहरी सवार ना १ ग ५५४ नं. को मिनी ट्रक दुर्घटना हुँदा सशस्त्र प्रहरी जवान रमेश चौधरी र स्थानीय साइकलयात्री अमर तङनामीको मृत्यु भएको छ । दुर्घटनामा स्थानीय सागर पाण्डे, राजु चौधरी र कुलबहादुर घर्ती गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।
यस्तै सशस्त्र प्रहरी जवान गोविन्द सुवेदी, जनक चौधरी, प्रेम मल्लको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घटनापछि स्थानीयले प्रहरीको लापरबाहीले दुर्घटना भएको भन्दै विरोध प्रदर्शन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण