युवा संघ नेपालका अध्यक्ष लामाद्वारा औषधी व्यवसायीमाथि निर्घात कुटपिट
युवा संघ नेपाल विराटनगरका अध्यक्ष किरण लामाले मिटर ब्याजमा दिएको पैसा नदिएको भन्दै औषधी व्यवसायीलाई निर्घात कुटपिट गरेका छन् । लामाले विराटनगरको हस्पिटल चौकमा रहेको यादव फार्मेसीका संचालक नवल यादव र अभिषेक यादवलाई शुक्रबार दिउँसो घरमा बन्धक बनाएर कुटपिट गरेका हुन् ।
लामाको समूहले घरमा बोलाएर उनीहरूलाई कुटपिट गरेको आरोप छ । कुटपिटबाट फार्मेसी संचालक नवल घाइते भएका छन् । यादवले लामासँग दुई महिना अगाडी व्यवसाय संचालनको लागि पाँच लाख रूपैयाँ ऋण लिएका थिए । उनले पाँच लाख रुपैयाँ विभिन्न मितिमा पटक–पटक गरी १३ लाख रूपैयाँ लामालाई बुझाइसकेका छन् ।
‘पाँच लाखको ऋण मैले विभिन्न मितिमा १३ लाख रुपैयाँ बुझाइसकेको छु,’ पीडित यादवले भने, ‘सल्लाह गर्नुपर्ने छ भन्दै घरमा बोलाए । म र साथी अभिषेक किरण लामाको घरमा गएका थियौं । घरमा पुगेपछि कोठा थुनेर अझै पाँच लाख रुपैयाँ दिनुपर्छ भन्दै कुटपिट गर्न थाले । साथी अभिषेक भागेर प्रहरीलाई खबर गरेपछि म बाहिर निस्कन पाएको हो ।’
कुटपिट गर्ने लामालाई कारवाहीको माग राख्दै उनीहरूले शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएका छन् । मोरङ प्रहरीका प्रवक्ता डिएपी दिपक श्रेष्ठले ठाडो उजुरी परेकोले घटनाको विषयमा अनुसन्धान सुरू गरिएको बताए । ‘साँझतिर ठाडो उजुरी आएको छ,’ डिएसपी श्रेष्ठले भने, ‘घटनाको विषयमा अनुसन्धान सुरू भएको छ ।’ थप विषय बुझेर प्रक्रिया अगाडि बढाउने उनले बताए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण