ओली हटाएको गुन तिर्नुपर्यो : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले पुर्याएको गुन तिर्नुपर्नेमा जोड दिएका छन् । विराटनगरमा आयोजित सत्ता गठबन्धनको भेलालाई सम्बोधन गर्दै उनले बेठीक मान्छेको हातमा पुगेको देशलाई संकटबाट बचाउन नयाँ जोखिम लिएको बताए । उनले लोकतन्त्र धरापमा पर्ने, संघीयता खारेज हुने हो कि भन्ने अवस्थालाई पार लगाउन आफूले त्याग गरेको र देशलाई जोगाएको बताए ।
उनले शेरबहादुर देउवा र प्रचण्डले गरेको संघर्षलाई पनि बर्सन नहुने बताए । उनले भने, ‘ शेरबहादुर र प्रचण्डले गरेको संघर्षलाई पनि बर्सन हुँदैन । अहिले अर्को गठबन्धन बनाइएको छ । त्यो प्रतिगामी गठबन्धन हो । त्यसो भएको हुनाले सत्ता गठबन्धन एकताबद्ध भएर दृढताका साथ अगाडि बढ्नुपर्छ ।’
गठबन्धनको उद्देश्य सत्ता मात्रै नभएको उनले बताए । उनले भने, जनतालाई लुटौँ भन्ने होइन । त्यसको विरोध गरेरै हामीले गठबन्धन बनाएका हौं । ००७ साल, ०४७, ०६२–०६३ मा काँग्रेससँग कम्युनिष्ट मिलेरै प्रगति गरिएको भन्दै उनले सत्ता गठबन्धन स्वभाविक गठबन्धन भएको हो । यो गठबन्धन प्रगतिशील गठबन्धन हो ।’
अध्यक्ष नेपालले चुनावपछि घोषणा पत्रका आधारमा काम गर्ने प्रतिवद्धता समेत जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण