दाङका तीन फर्निचर उद्योगमा आगलागी
मङ्गलबार, ०८ कात्तिक २०७९, ०७ : ५७

दाङको घोराहीका तीन फर्निचर उद्योगमा आगलागी भएको छ । घोराही-१५ सहिद उमेश मार्ग रोडमा रहेका न्यू दाजुभाइ, दाजुभाइ र स्टार दाजुभाइ फर्निचर उद्योगमा सोमबार राति आगलागी भएको प्रहरीले जनाएको छ ।
तीन वटै फर्निचर उद्योग पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन् । मध्यराति लागेको आगो मंगलबार बिहान ४ बजे मात्र नियन्त्रणमा आएको थियो ।
जिल्ला प्रहरी कार्यालय दाङका एसपी वीरबहादुर वलीका अनुसार आगलागीको कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
न्युज कारखाना