भारत पाकिस्तान म्याचलाई लिएर किन चर्चामा आए गुगलका सीईओ ?
दीपावलीको एक दिनअघि टी–२० विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई हराएको थियो । मेलबर्न क्रिकेट मैदानमा भएको रोमाञ्चक खेलमा भारतले ४ विकेटले जित हात पारेको हो । खेलमा भारतका लागि विराट कोहलीले धुवाँदार पारी खेले ।
भारतको यो जितपछि सामाजिक सञ्जालमा म्याचसँग सम्बन्धित धेरै पल भाइरल भइरहेका छन् । विशेष गरी अन्तिम तीन ओभरको रोमाञ्च धेरै दिग्गजहरूले सामाजिक सञ्जालमा साझा गरेका छन्।
भारतलाई अन्तिम तीन ओभरमा ४८ रन चाहिएको थियो, यो लक्ष्य त्यति सजिलो थिएन। तर पूर्व कप्तान विराट कोहलीले असम्भव लक्ष्यलाई जितमा परिणत गर्न गरेको करिश्माको चारैतिर प्रशंसा भइरहेको छ ।
गुगलका सीईओ सुन्दर पिचाईले पनि ट्विटरमा सबैलाई दीपावलीको शुभकामना दिँदै आज फेरि अन्तिम तीन ओभर हेरेर दीपावली मनाएको लेखेका छन् ।
पिचाईले ट्वीटमा लेखेका छन्, ‘शुभ दीपावली ! आशा छ कि यो खुसियाली मनाउने सबैले आफ्ना साथीहरू र परिवारसँग राम्रो समय बिताउनेछन्। मैले अन्तिम तीन ओभर हेरेर आज फेरि उत्सव मनाएँ, कस्तो खेल थियो !’
ट्रोल गर्ने प्रयास
यो पोस्टमा मोहम्मद शाहजैब नामका एक प्रयोगकर्ताले उनलाई ट्रोल गर्ने प्रयास गरेका थिए । उनले लेखेका छन्- तपाईंले पहिलो तीन ओभर हेर्नुपर्छ।
पिचाईको जवाफमा लेखे- त्यो पनि हेरेँ। भुवी र अर्शदीपले कस्तो राम्रो स्पेल गरे ।
सुन्दर पिचाईको यो जवाफमा रोचक प्रतिक्रिया आइरहेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्- 'सुन्दर पिटाई।'
अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘सुन्दर अन्ना फर्ममा छन्, कस्तो जवाफ ।’
धेरैले हँसाउने मिम्सका साथ प्रतिक्रिया दिएका छन् । एक प्रयोगकर्ताले लेखे, ‘यो जवाफले मेरो दिन बनायो।’
अर्को प्रयोगकर्ताले गुगल क्रोमलाई डिफल्ट ब्राउजर बनाउने स्क्रिनसट साझा गर्दै लेखेका छन्, ‘यस जवाफ पछि मैले मेरा अन्य सबै ब्राउजरहरू अनइन्स्टल गरेँ।’
मोहम्मद शाहजाइबलाई जवाफ दिँदै इन्डिया क्रिकेट नामको एकाउन्टले ट्विट गरेको छ, ‘हिम्मत नहार्नुहोस्, तपाई गुगलका भारतीय सीईओबाट पराजित हुनुभयो।’ त्यस्तै नवीनले लेखेका छन्, ‘उत्कृष्ट शट’।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
-
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने
-
सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न : अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?
-
सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यक : मुख्यमन्त्री आचार्य
-
फेरिँदै विद्यालय पाठ्यक्रम, नैतिक शिक्षालाई समेट्ने गरी अघि बढ्यो कार्यदल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण