रामेछापमा बसको ठक्करबाट महिलाको मृत्यु
मङ्गलबार, ०८ कात्तिक २०७९, १२ : ५८
रामेछापको मन्थली नगरपालिका–१४ स्थित फुलासीमा बसको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा फुलासी घर भएकी करिब ५० वर्षीया चन्द्र कुमारी परियार छन् ।
मन्थलीबाट देउराली तर्फ जाँदै गरेको बागमती प्रदेश–०१–००६ख २२९५ नम्बरको बसले उनलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । सोही बसमा सवार परियारलाई फुलासी पोखरीमा ओर्लने क्रममा बसको चक्काले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
बस चालक र बसलाई नियन्त्रणमा लिएर प्रहरी चौकी फुलासीमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा उत्तरी सीमा क्षेत्रमा लगाइएका सबै प्रतिबन्धहरू फुकुवा
-
घोराहीमा ९ वर्षमा १९८ किलोमिटर सडक कालोपत्रे
-
बेल्जियम र इरान भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
८ आत्मघाती गोलसँगै दोस्रो स्थानमा २०२६ विश्वकप: रुसको कीर्तिमान तोडिने सङ्घारमा
-
१२ बजे १२ समाचार: रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनदेखि हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटोसम्म
-
ओयार्जाबाल चम्किएपछि स्पेनको फराकिलो जित, केप भर्डसँगको बराबरी बिर्साउँदै लयमा फर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण