मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

को हुन् चीनको आगामी प्रधानमन्त्री बन्ने तयारीमा रहेका ली छ्यााङ ?

मङ्गलबार, ०८ कात्तिक २०७९, २० : ४७
मङ्गलबार, ०८ कात्तिक २०७९

यो हप्ताको २०औं पार्टी महाधिवेशन सुरु हुनुअघि चीन बाहिर थोरै मानिसले मात्र ली छ्याङको नाम सुनेका थिए । तर अब उनी सी जिनपिङपछि चीनको दोस्रो सबैभन्दा शक्तिशाली नेता बन्न लागेका हुन् । 

योसँगै उनी आगामी वार्षिक विधायकी अधिवेशनबाट चीनको प्रधानमन्त्री बन्ने तयारीमा छन् । चीनमा सांघाई पहिलेदेखि शीर्ष राष्ट्रिय नेताहरूको जन्माउने प्रशासनीक इकाईको रुपमा परिचित थियो । तर ली छ्याङअघिका प्रधानमन्त्री बनेकाहरू उप–प्रधानमन्त्री बनेपछि सो पदमा पदोन्नति हुन्थे । तर ली छ्याङसँग त्यो अनुभव छैन । 

आइतवार लीको नाम सार्वजनिक हुनुअघि विश्लेषकहरुले पूर्व उपप्रधानमन्त्री वाङ याङ प्रधानमन्त्री पदमा पदोन्नति हुने अपेक्षा गरेका थिए । तर वाङ याङ स्थायी समिति त परको कुरा केन्द्रीय समितिमा समेत परेनन् । उनलाई अवकाश दिइएको छ । 

ली छ्याङ र सी जिनपिङको सम्बन्ध झण्डै दुई दशक पुरानो हो । सी झेजियाङ प्रान्तको पार्टी प्रमुख थिए हुँदा ली उनको चिफ अफ स्टाफ अर्थात प्रमुख कर्मचारी थिए । त्यस हैसियतमा उनले सन्  २००४ देखि २००७ सम्म सीलाई प्रमुख सहयोगीको रुपमा सीसँगका भ्रमणमा सँगै हिड्ने, उनका भाषण सम्पादन गर्ने, नीति निर्देशनको मस्यौदा तयार गर्न सहयाेग गर्ने गरे । 

सन् २००७ मा सांघाईको पार्टी प्रमुख भएर गएपछि लीले सीसँग सम्बन्ध कायम राखे । यही कारण सी राष्ट्रपति बनेपछि पहिले उनले लीलाई झेजियाङको गभर्नर र त्यसपछि जियाङ्सु प्रान्तको पार्टी सचिवमा पदोन्नति गरे । त्यो उनलाई क्षेत्रीय शासन अनुभव दिलाउन र भावी दिनमा ठूलो भूमिकाको ला बाटोबाट खुलाउने कदम थियो भन्ने अहिले धेरैले विश्लेषण गर्दैछन् । 

सीले आफ्ना सहयोगीहरुलाई प्रमुख पदहरूमा राख्ने र आफ्नो शक्तिको आधारलाई पार्टीको माथिल्लो तहमा ल्याउन रणनीतिक कदमको रूपमा सन् २०१७ मा लीलाई सांघाईको पार्टी प्रमुख नियुक्त गरे । प्रधानमन्त्रीको रूपमा, ली संयुक्त राज्य अमेरिकासँगको तनावपूर्ण सम्बन्ध सुधार्ने र चीनको धरमराउँदो अर्थतन्त्रलाई पुनर्जीवित गर्न जिम्मेबार हुनेछन् । कतिपयले लीले ली देशको आर्थिक समस्या सम्बोधन गर्न सक्षम हुने आशा गरेका छन् ।

लीले उनको कार्यकालमा शाङ्घाईमा धेरै विदेशी लगानीको अध्यक्षता गरे र उनलाई भेट्नेहरूले लीमा व्यापारमैत्री र व्यावहारिक कार्यशैली भएको वर्णन गर्ने गरेका छन् । सीका विश्वासपात्रको रूपमा, लीलाई आफ्नो पूर्ववर्ती ली खछ्याङको तुलनामा अर्थतन्त्र व्यवस्थापन गर्न बढी स्वतन्त्रता हुनसक्ने आंकलन गरिँदैछ । ‘ली उनका विगतका कुनै उपलब्धी हेरेर अहिलेको पदमा ल्याइएका होइनन्, उनले हासिल गरेका पद सीको निगाहा हो । त्यसैले सीले उहाँलाई जे गर्न भन्छन्, उनले त्यसलाई कार्यान्वयन गर्नेछन् ,’ वाशिंगटनस्थित थिंकट्याङ्क जेम्सटाउन फाउन्डेसनका वरिष्ठ फेलो विली लामले भने ।-द गार्जियन  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप