आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटको कटरियामा लुटपाट, घटनास्थलबाट हतियार बरामद

बिहीबार, १० कात्तिक २०७९, १३ : ४७
बिहीबार, १० कात्तिक २०७९

रौतहटको कटहरिया बजारमा गएराति एकघरमा लुटपाट भएको छ । लुटेरा समूहले छाडेर गएको एक थान हतियार घटनास्थलबाट प्रहरीले बरामद गरेको छ। 

घटनास्थल ईलाका प्रहरी कार्यालय कटहरियाबाट मात्र दुईसय मिटर टाढा रहेको छ । ५ जना अज्ञात हतियारधारी समूह गएराति १ बजे कटहरिया ५ गाउँका रामचन्द्र साह सोनारमा लुछपाट गरेको थियो । 

लुटेरा समूह घरको पछाडि वालमा फलामको सिढी लगाएर भित्र प्रवेश गरेका थिए । उनीहरुले  विभिन्न गहना, नगद र केही कपाली तमसुक समेत लुटेको पीडित रामचन्द्र साहले बताएका छन् । तलको कोठाबाट लुटपाट पछि तीनजनाको संख्यामा रहेका लुटेरा समूह दोस्रोतल्लामा प्रवेश गरेका थिए । दोस्रो तल्लाको कोठामा सुतिरहेका साहका नाति २५ वर्षिय विवेक साहको निन्द्रा खुलेपछि कोहो भनि कराउँदा लुटेरा समूहभागेको थियो । 

घटनालगत्तै बिहान साढे दुईबजे  ईलाका प्रहरी कार्यालय कटहरिया र गरुडीबाट आएको प्रहरी टोलीले लोड अवस्थामा एउटा घरेलु हतियार थ्रीफिप्टिन पेस्तोल बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी बरुण कुमार सिंहले घटनास्थलबाट प्रहरीले हतियार बरामद गरेको पुष्टि गर्दै घटना बारे थप अनुसन्धान भैरहेको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप