गुजरात : झोलुङ्गे पुल भत्किँदा धेरैजना डुबेको आशंका
आइतबार, १३ कात्तिक २०७९, २१ : ०४
गुजरातको मोरबीमा आइतबार माचु नदीमा रहेको झोलुङ्गे पुल भत्किएको छ । यस दुर्घटनामा पुलमा रहेका मानिसहरू नदीमा खसेको बताइएको छ । माचु नदीमा रहेको एक शताब्दी पुरानो झोलुङ्गे पुल भत्किएको बताइएको छ । प्रशासनका अनुसार उद्धार र राहतको काम सुरु गरिएको छ । समाचार एजेन्सी एएनआईका अनुसार घाइतेहरूलाई लिएर एउटा एम्बुलेन्स दुर्घटनास्थलबाट निस्किएको देखिएको छ ।
मुख्यमन्त्री भूपेन्द्र पटेलले ट्वीट गर्दै भने, ‘मोरबीको झोलुङ्गे पुल भत्किँदा म गहिरो पीडामा छु। अधिकारीहरूबाट राहत र उद्धार कार्य जारी छ। घाइतेहरूको तत्काल उपचारको व्यवस्था गर्न निर्देशन दिएको छु। यस सम्बन्धमा जिल्ला प्रशासनसँग निरन्तर सम्पर्कमा छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण