आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

गुजरात : झोलुङ्गे पुल भत्किँदा धेरैजना डुबेको आशंका

आइतबार, १३ कात्तिक २०७९, २१ : ०४
आइतबार, १३ कात्तिक २०७९

गुजरातको मोरबीमा आइतबार माचु नदीमा रहेको झोलुङ्गे पुल भत्किएको छ । यस दुर्घटनामा पुलमा रहेका मानिसहरू नदीमा खसेको बताइएको छ । माचु नदीमा रहेको एक शताब्दी पुरानो झोलुङ्गे पुल भत्किएको बताइएको छ । प्रशासनका अनुसार उद्धार र राहतको काम सुरु गरिएको छ । समाचार एजेन्सी एएनआईका अनुसार घाइतेहरूलाई लिएर एउटा एम्बुलेन्स दुर्घटनास्थलबाट निस्किएको देखिएको छ । 

मुख्यमन्त्री भूपेन्द्र पटेलले ट्वीट गर्दै भने, ‘मोरबीको झोलुङ्गे पुल भत्किँदा म गहिरो पीडामा छु। अधिकारीहरूबाट राहत र उद्धार कार्य जारी छ। घाइतेहरूको तत्काल उपचारको व्यवस्था गर्न निर्देशन दिएको छु। यस सम्बन्धमा जिल्ला प्रशासनसँग निरन्तर सम्पर्कमा छु ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप